IME Life New

सानिमा लाइफले ल्यायो मोबाइल एपबाट आफनो विवरण आफै हेर्न मिल्ने सुविधा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा लाइफले मोबाइल एप मार्फत बीमितले आफ्नो विवरण घर बसेर हेर्न मिल्ने सुविधा थप गरिएको छ ।कम्पनीले लकडाउनको अहिलेको परिस्थितिमा आफ्ना बीमितहरुले घर बसेर सानिमा लाईफको मोबाइल एप मार्फत आफ्नो विवरण आफै हेर्न सकिने सुविधाको शुभारम्भ गरेको छ ।

सानिमा लाइफको एप सजिलै गुगल प्ले स्टोर बाट डाउनलोड गर्न सकिन्छ । त्यहाँ बाट सर्च मा गएर आफ्नो पोलिसी नम्बर र प्रस्तावकको जन्म मिति राखेर आफ्नो सम्पूर्ण विवरण हेर्न सकिनेछ । यस एप मार्फत बीमितले लिएको बीमा योजना, कुल बीमाङ्क रकम, आफुले अहिले सम्म तिरेको बीमा शुल्कको विवरण साथै भविष्यमा कहिले र कति नवीकरण शुल्क तिर्नपर्छ भन्ने कुराको सम्पूर्ण जानकारी लिन सक्ने व्यवस्था गरेको कम्पनीले जानकारी दिएको छ।

Esewa
Crest

साथै यस एपमा बीमा शुल्क सहितको प्रिमियम शुल्क गणना गर्ने प्रिमियम क्यालकुलेटर सुविधा, कम्पनीको सम्पूर्ण योजनाहरुको बारे विस्तृत जानकारी, कम्पनीको सबै शाखा कार्यालयहरुको विवरण पनि उपलब्ध गरिएको कम्पनीले जनाएको छ।

बीमा योजना खरिद गरिसकेपछि आफ्न विवरण बुझ्न बारम्बार आफ्नो अभिकर्ता वा कम्पनीसँग सोधिराख्नु पर्ने झन्झट यस सुविधाको शुभारम्भ सँगै समाप्त भएको छ । यसका साथै कम्पनीले घरमै बसेर ई सेवा, खल्ती, कनेक्ट आइपिएस र सेलपे लगायतका डिजिटल बैंकिङ् सुविधा मार्फत बीमा शुल्क तिर्न सकिने गरी आफ्नो एपमा नयाँ सुविधा थप गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS