IME Life New

सानिमा लाइफद्धारा ६ लाख १२ रुपैयाँ मृत्यु दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको क्षेत्रिय कार्यालय धनगढीले मृतकको परिवारलाई बीमा वापतको दाबी हस्तान्तरण गरेको छ । कम्पनीले आफ्नो बीमित स्व. कृष्ण सिंह साउदको छोरा हरिश सिंह साउदलाई मृत्यु दाबी भुक्तानी बाफत ६ लाख १२ हजार रुपैयाँ हस्तान्तरण गरेको हो ।

स्व बीमितले २०७७ चैत २७ गते ३ लाख रुपैयाँको बीवन बीमा बाफत २१ हजार २०९ रुपैयाँ बीमा शुल्क कम्पनीमा बुझाएका थिए । निजको बीमा गरेको १८ दिनमै भारतको चम्पावत मा मजदुरी गर्ने क्रममा मृत्यु भएको थियो । लामो लकडाउनका कारण दाबीकर्ताले भारतबाट आवश्यक कागजात २०७८ असार १७ गते कम्पनीमा बुझाएका थिए ।

Esewa
Crest

सानिमा लाइफ बीमितलाइ स्तरीय तथा सर्बसुलभ सेवा प्रदान गर्ने नेपालको अग्रनी कम्पनी भएको धनगढी शाखा प्रमुख हेमन्त बहादुर सिंहले जानकारी दिए ।

सो दाबी भुक्तानी कार्यक्रममा मृतकको श्रीमती चन्चला देवी साउद, बजार प्रतिनिधि बिद्या सिंह एजेन्सी मेनेजर बिरेन्द्र सिंह चाड र शिब बहादुर चन्दको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS