IME Life New

सानिमा लाइफको मृत्यु दाबी भुक्तानी, अत्तरियाकी धर्मी खण्डकाले पाइन् १० लाख २० हजार

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको अत्तरिया शाखाले मृतक कमल सिंह खड्काकी श्रीमती धर्मी खड्कालाई १० लाख २० हजार रुपैयाँको मृत्यु दाबी भुक्तानी गरेको छ । खड्काले धनगढी शाखाबाट २०७७ सालमा ५ लाख रुपैयाँ बीमाङ्कको शुभलक्ष्मी बीमा पोलिसी खरिद गरेका थिए ।

उनको गत कार्तिक २ गते हृदयघातको कारण उपचारकै क्रममा मृत्यु भएको थियो । हृदय घातका कारण मृत्यु भए पछि सानिमाले मृतककी श्रीमतिलाई दाबी भुक्तानी बापतको रहक चेक मार्फत हस्तान्तरण गरेको हो ।

Esewa
Crest

दाबी भुक्तानी कार्यक्रममा प्रदेश सभासद तथा पुर्वमन्त्री कृष्ण राज सुवेदी, अत्तरिया खानेपानी तथा सरसफाइ संस्थाका अध्यक्ष टिकादत्त जोशी, राष्ट्रिय लोक साँस्कृतिक प्रतिष्ठानका अध्यक्ष लिलाधर बास्कोटा, सानिमा लाइफका सुदुरपश्चित प्रमुख गणेश प्रसाद उप्रेती, अत्तरिया शाखा प्रवन्धक कर्ण बहादुर ऐर, सिनियर एजेन्सी म्यानेजर चन्द्रा रिजाल लगायतको उपस्थिति थियो ।

मृत्यु दाबी भुक्तानी बीमा कम्पनीको अनिवार्य कर्तव्य हुने भए पनि समाजमा बीमाको पहुँच पुर्याउन र बीमा कम्पनीले बीमितको जीवन कालमा र दुर्भाग्यवस मृत्यु वा असक्त भएमा आश्रीत परिवारलाई क्षतिपुर्ती दिने भएकोले बीमा प्रतिको नकारात्मक धारणा चिन बाध्यातावस यो कार्यक्रम गर्नु परेको क्षेत्रिय प्रमुख उप्रेतीले आफ्नो धारणा राखेका थिए । त्यस्तै ऐरले कार्यक्रममा बीमा कम्पनी र बीमित विच व्यवसाय विस्तार गर्न मानिसहरुको घरदैलोमा गई सेवा दिइरहन सानिमा लाइफ सदैव तयार रहेको धारणा राखेका थिए ।

पुर्वमन्त्री सुवेदशीले सानिमा लाइफ जस्तै सबै बीमा कम्पनीहरुले बीमाको पहुँच स्थानिय तहमा पुर्याउन भुमिका निर्वाह गर्नु पर्ने धारणा व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS