IME Life New

सानिमा बैंकद्धारा कोरोना रोकथामा तथा उपचार कोषमा १ करोड ६८ लाख रुपैयाँ सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा बैंकले कोरोना भाइरसको महामारी नियन्त्रण तथा उपचारको सहयोगका लागि नेपाल सरकारलाई १ करोड ६८ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ ।

बैंकले उपलब्ध गराएको सहयोग अन्तर्गत बैंकका कर्मचारीहरुको तर्फबाट ३३ लाख प्रदान गरिएको छ । केन्द्रीय सरकार अन्तर्गत कोरोना भाइरस संक्रमण, रोकथाम तथा उपचार कोषमा ९८ लाख र प्रत्येक प्रदेश सरकारलाई १० लाखका दरले ७० लाख सहयोग रकम उपलब्ध गराइएको हो।

Esewa
Crest

बैंकका हरेक प्रादेशिक कार्यालयका प्रतिनिधिहरु मार्फत् आ–आफ्ना प्रदेश सरकारलाई सो सहयोग रकम हस्तान्तरण तथा केन्द्र सरकारको कोरोना भाइरस संक्रमण, रोकथाम तथा उपचार कोषमा रकम जम्मा गरेको हो । यसबाट कोरोना भाइरसको संक्रमण रोकथाम तथा उपचारका लागि सरकारलाई मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS