IME Life New

सानिमा बैंकको साधारणसभा कात्तिक २८ गते, बुक क्लोज कहिले ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सानिमा बैंकले कात्तिक २८ गते वार्षिक साधारणसभा आह्वान गरेको छ।बैंकले उक्त सभाका लागि शुक्रबार बिहान ११ बजे काठमाण्डौको बालुवाटारस्थित अम्रपाली ब्यांक्वेटमा डाकेको हो । बैंकको संचालक समितिको कात्तिक ६ गते बसेको बैठकले वार्षिक साधारणसभाको मिति र स्थान सम्बन्धी निर्णय गरेको हो ।

वार्षिक साधारणसभामा संचालक समितिले गरेको प्रस्ताव अनुसार १० प्रतिशत बोनस सेयर र चुक्तापूँजीको ३ दशमलव ६० प्रतिशत नगद लाभांश वितरणको विषय विशेष प्रस्तावको रुपमा प्रस्तुत गर्ने भएको छ ।उक्त सभाले २०७६र ७७ को संचालक समितिको वार्षिक प्रतिवेदन पारित गर्ने, चालु आर्थिक बर्षको असार मसान्तको वासलात तथा आ.ब. २०७६र७७ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरु छलफल गरी पारित गर्ने भएको छ ।

Esewa
Crest

बैंकले हालको अधिकृत पूँजी ९ अर्बलाई बढाएर १२ अर्ब पुर्याउने, बोनस सेयर वितरणपछि हाल जारी तथा चुक्तापुँजी ८ अर्ब ८० करोड १३ लाख ८० हजार ९८४ लार्ई वृद्धि गरी ९ अर्ब ६८ करोड १५ लाख १९ हजार ८२ पुर्याउने अजेण्डा समेत एजीएममा पेश गर्नेछ ।

बैंकले साधारणसभा प्रयोजनका लागि बैंकले कात्तिक १७ गते एक दिन सेयरधनी दर्ता किताब बन्द गर्ने भएको छ । बैंकले प्रस्ताव गरेको बोनस तथा नगद लाभांस आगामी आइतबारसम्म कायम शेयरधनीले मात्र पाउने छन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS