IME Life New

साना किसान विकास लघुवित्तको नाफा २२ प्रतिशतले बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्ममाको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले ९४ करोड ९६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षमा लघुवित्तले ७७ करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको नाफा २२ दशलमव ७७ प्रतिशतले बढी हो।

समिक्षा अवधिमा लघुवित्तले २ अर्ब १९ करोड रुपयाँ खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा लघुवित्तको खुद ब्याज आम्दानी ३१ दशलमव ४४ प्रतिशतले बढेको हो ।

Esewa
Crest

लघुवित्तको सञ्चालन मुनाफा समिक्षा अवधिमा २० दशमलव ३९ प्रतिशत बढेको छ। समीक्षा अवधिमा लघुवित्तको निष्क्रिय कर्जा ०.६१ प्रतिशतबाट बढेर २.१८ प्रतिशत पुगेको छ।

असार मसान्तसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा १ अर्ब ७२ करोड रुपैयाँ रहेको छ । वितरणयोग्य प्रतिशेयर आम्दानी ४५ रुपैयाँ ४४ पैसा रहेको छ। समिक्षा अवधिमा लघुवित्तको वितरणयोग्य मुनाफा २.६५ प्रतिशत बढेको ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ। यस समिक्षा अवधिमा लघुवित्तको प्रति शेयर आम्दानी १ रुपैयाँ ७३ पैसा बढेर २४ रुपयाँ ९५ पैसा पुगेको छ। असार मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ २८४ रुपैयाँ ८१ पैसा र मूल्य आम्दानी अनुपात ३४.२२ गुणा रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS