IME Life New

साधारण मान्छेले समेत बुझ्ने भाषामा बीमालेख तयार गर्न भारतमा विज्ञ टोलीको गठन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

बकाठमाडौं । भारतीय बीमा नियामक तथा विकास प्राधिकरणले बीमालेखका शब्दावलीहरुलाई सरलीकृत गर्नका लागी विज्ञ सम्मिलित कार्यदल गठन गरेको छ। बीमालेखमा प्रयोग गरिने शब्दहरु प्राविधिक र कानूनी शब्दलाई साधारण लेखपढ गरेको बीमितले समेत बुझ्न सक्ने गरी सरलीकृत गर्ने लक्ष्य नियामकको छ।

प्राधिकरणले जारी गरेकाे प्रेस विज्ञप्तीमा बीमा सल्लाहकार समितिका सदस्य एल विश्वनाथनको अध्यक्षता १२ सदस्यीय कार्यदल गठन गरिएको छ। कार्यदलको सदस्यहरु  जीवन बीमा र निर्जीवन बीमा परिषद्का महासचिव, भारतीय बीमा दलाल संघका अध्यक्ष, भारतीय स्टेट बैंकको प्रमुख अधिकारी (कर्पोरेट एजेन्ट) साथै बीमा उद्योगका अन्य वरिष्ठ सदस्यलाई कार्य दलमा सहभागी गराइएको छ। साथै, समितिले आवश्यक परेमा बाह्य विज्ञलाई पनि समावेश गर्न सक्नेछ।

Esewa
Crest

बीमामा प्रयोग हुने जटिल शब्दावलीका कारण सर्वसाधारणहरु बीमालेखको शर्त र सुविधाहरुबारे अनविज्ञ हुने वा झुक्किने समस्या रहेको गुनासोको आधारमा नियामकले यस्तो पहल गरेको हो । बीमालेखको शब्द सहजीकरणले पनि सर्वसाधारणलाई बीमालेख खरिद गर्न सहयोग पुग्ने अपेक्षा गरेको छ। प्राधिकरणले सन् २०४७ सम्ममा सबै नागरिकमा बीमाको पहुँच पुर्‍याउने लक्ष्य लिएको छ।

कार्यदलले बीमालेखहरुमा प्रयोग भइरहेका शब्दहरुलाई कानूनी परिप्रेक्ष्यमा जाँच्दै सरल भाषा प्रयोग गर्न सकिने विकल्पहरुको खोजी गर्नेछ। कार्यदलले बीमा करारमा संलग्न पक्षको दायीत्व र जिम्मेवारी स्पष्ट रूपमा निर्दिष्ट हुने गरी शब्द चयन गरेर सिफारिश गर्नुपर्ने दायीत्व रहेको छ।  कार्यदलले बढीमा १० साताभित्र प्रतिवेदन पेश गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS