IME Life New

सात महिनामा ६ हजार बढी विद्युतीय गाडी आयात, करिब साढे ७ अर्ब राजस्व संकलन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक वर्षको ७ महिना माघसम्म ६ हजार बढी विद्युतीय सवारीसाधन (कार, जिप र भ्यान) भित्रिएका छन्।

भन्सार विभागले सार्वजनिक तथ्यांकअनुसार यो ७ महिनामा ६ हजार १५९ विद्युतीय सवारीसाधन भित्रिएको हो। जुन १५ अर्ब ४ करोड रुपैयाँबराबरको हो। यी सवारीसाधन भित्रिँदा सरकारले ७ अर्ब ४३ करोड ७९ लाख रुपैयाँ राजस्व संकलन गरेको छ।

Esewa
Crest

माघ महिनामा मात्रै १ हजार ५२ वटा ईभी गाडी नेपाल आयात भएको विभागले जनाएको छ । तथ्यांकअनुसार विद्युतीय गाडी पुसमा १ हजार ४२१ वटा, मंसिरमा ८९९ वटा, कात्तिकमा ६५२ वटा, असोजमा १ हजार २३७ वटा, भदौमा ७८८ वटा र साउनमा ११० वटा भित्रिएका छन्।

विभागका अनुसार माघसम्म १२ अर्ब ५२ करोड ५६ लाख रुपैयाँबराबरको इन्धन गाडी भित्रिएका छन्। यी गाडीबाट सरकारले १७ अर्ब ५७ करोड ८९ लाख रुपैयाँ राजस्व प्राप्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

100%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS