IME Life New

साउन ११ गतेदेखि लक्ष्मी उन्नती कोषको ईकाई विक्री खुला हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लक्ष्मी बैंकको सहायक कम्पनी लक्ष्मी क्यापिटल मार्केटले ८० करोड रुपैयाँ बराबरको लक्ष्मी उन्नती कोषको ८ करोड ईकाई साउन ११ गते देखि सर्वसाधारणमा बिक्री खुला गर्ने भएको छ।

लक्ष्मी उन्नति कोषको प्रतिइकाइ १० रुपैयाँ दरका ८ करोड इकाइमध्ये न्यूनतम १ करोड २० लाख वा कुल बिक्री भएको इकाइ संख्याको न्यूनतम १५ प्रतिशत इकाइ कोष प्रवद्र्धक लक्ष्मी बैंक लिमिटेडलाई सुरक्षित राखी बाँकी न्यूनतम ६ करोड इकाइ सर्वसाधारणका लागि बिक्री खुलाउन लागिएको हो।

Esewa
Crest

यसअघि लक्ष्मी उन्नति कोषका इकाइहरु गत चैत ९ गतेदेखि बिक्री खुला गरिने भनिएको छ। तर विश्व महामारी कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि लकडाउन गरेपछि निष्कासन प्रक्रिया स्थगित गरिएको थियो। निष्काशन बन्द छिटोमा साउन १४ गते बन्द हुनेछ भने सो अवधिमा सबै ईकाई बिक्री नभएमा साउन २५ गतेसम्म निष्काशन अवधि लम्बिने कम्पनीले जनाएको छ।

प्रति ईकाई १० रुपैयाँ अंकित मूल्यका १०० ईकाईदेखि ८० लाख ईकाईसम्मका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्। नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछ कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS