IME Life New

साउनमै उठ्यो झण्डै ११ अर्ब नविकरण बीमा शुल्क

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जीवन बीमा कम्पनीहरुले साउन मसान्तसम्ममा १० अर्ब ८२ करोड रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । कोरोना महामारीका बीचमा केही खुकुलो भएको बेला साउन महिनामा बीमितहरुले ठूलो रकम बीमा कम्पनीहरुमा जम्मा गर्न सफल भएको तथ्याङ्कले देखाएको छ ।

साउन महिनामा सबैभन्दा धेरै बीमा शुल्क आर्जन गर्ने राष्ट्रिय बीमा संस्थान बनेको छ । संस्थानले साउन महिनामा तीन अर्ब २२ करोड रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेको छ । संस्थानमा राष्ट्र सेवक कर्मचारीहरुको बीमा शुल्क बापतको रकम साउन महिनामा आउने हुँदा संस्थानको बीमा शुल्क ह्वात्तै बृद्धि भएको हो ।

Esewa
Crest

दोस्रोमा नेपाल लाइफ इन्स्यारेन्स परेको छ । सो कम्पनीले साउन महिनामा ३ अर्ब १७ करोड रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गरेको छ । त्यस्तै, तेस्रोमा लाइफ इन्स्योरेन्स कर्पोशन नेपाल रहेको छ । कम्पनीले साउन मसान्तसम्ममा ९७ करोड रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएको छ । चौथोमा नेशनल लाइफ रहेको छ । कम्पनीले साउन मसान्तसम्म ८६ करोड रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गरेको छ ।

एशियन लाइफले ४३ करोड रुपैयाँ, मेट लाईफले ३५ करोड रुपैयाँ, राष्ट्रिय बीमा संस्थानले ३२ करोड रुपैयाँ, प्राइम लाइफले २९ करोड रुपैयाँ, सूर्या लाइफले २९ करोड रुपैयाँ, गुराँस लाइफले २९ करोड रुपैयाँ, यूनियन लाइफले २६ करोड रुपैयाँ, सिटिजन लाइफले १३ करोड रुपैयाँ, आइएमई लाइफले ११ करोड रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गरेको छ ।

ज्योति लाइफले १० करोड रुपैयाँ, रिलायन्स लाइफले ८ करोड रुपैयाँ, रिलायबल नेपाल लाइफले ७ करोड रुपैयाँ, सन नेपाल लाइफले ७ करोड रुपैयाँ, सानिमा लाइफले ५ करोड रुपैयाँ, प्रभु लाइफले ५ करोड रुपैयाँ, महालक्ष्मी लाइफले ३ करोड रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गरेका छन् ।

Source : Beema Samiti                                                  रकम रु अर्बमा

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS