IME Life New

साउदी अरेबियाले तेलको कुँवामा फेला पार्यो नयाँ खजाना, पहिलोपटक निकाल्यो ‘सेतो सुन’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । तेलको भण्डारले मालामाल साउदी अरबका लागि अर्को खुसीको खबर सार्वजनिक भएको छ। साउदी अरबले अहिले आधुनिक तेल पनि फेला पारेको हो।

हो, साउदी अरेबियाले आफ्नो समुद्री इलाकाको तेल क्षेत्रबाट ‘सेतो सुन’ अर्थात लिथियम निकाल्न पहिलोपटक ठूलो सफलता हासिल गरेको छ। यो लिथियम साउदी अरबको विशाल तेल कम्पनी अरामकोको तेल क्षेत्रबाट पाइलट प्रोजेक्टअन्तर्गत निकालिएको हो।

Esewa
Crest

अब साउदी अरेबियाले सीधै लिथियम निकाल्न व्यावसायिक पाइलट कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ। साउदी अरबका उपखानी मन्त्रीले आफ्नो योजना सार्वजनिक गरेका छन्।

लिथियमलाई यसको आधुनिक तेल र बहुमूल्यताका कारणले ‘सेतो सुन’ पनि भनिन्छ। विद्युतीय सवारीसाधनदेखि स्मार्टफोनसम्म सबैको ब्याट्री यसबाट बनाइँदैछ। संसारमा यसको ठूलो माग छ।

साउदी अरेबियाको किङ अब्दुल्लाह युनिभर्सिटी फर साइन्स एन्ड टेक्नोलोजीको स्टार्टअप लिथियम इन्फिनिटीले यो लिथियम निकाल्ने परियोजनाको नेतृत्व गर्नेछ। यसमा साउदी खानी कम्पनी माडेन र अरामकोले सहयोग गरिरहेका छन्।

किङ अब्दुल्लाह युनिभर्सिटीले विकास गरेको नयाँ प्रविधिको सहयोगमा लिथियम निकाल्न लागेको साउदी मन्त्रीले बताए। जसका कारण यस दिशामा प्रगतिको गति बढेको छ। तिनीहरुले तेल क्षेत्रमा एउटा व्यावसायिक पायलट परियोजना चलाउँदैछन्, जुन भविष्यमा जारी रहनेछ।

आज विश्वमा तेलको अवस्था हेर्दा आगामी दशकमा लिथियमको अवस्था यस्तै हुनसक्ने विज्ञहरु बताउँछन्। संसारभरका देशहरु जीवाश्म इन्धनबाट टाढा जाँदैछन्। इलेक्ट्रिक कार, ल्यापटप, फोन र अन्य धेरै उपकरणको ब्याट्री लिथियमको सहयोगमा बनाइन्छ।

साउदी अरेबियाबाहेक यूएईका राष्ट्रिय तेल कम्पनीहरुले पनि आफ्नो तेल क्षेत्रबाट खनिज निकासी गर्ने योजना बनाएका छन्। साउदीबाहेक विश्वका अन्य कम्पनीले पनि उदीयमान प्रविधिको फाइदा उठाउँदै नुन पानीबाट लिथियम निकाल्ने योजना बनाएका छन्।

साउदी मन्त्रीले तेल क्षेत्रको नुन पानीबाट लिथियम निकाल्ने परम्परागत विधिबाट महँगो बन्दै गएको तर विश्वमा लिथियमको मूल्य बढेमा यो विधि व्यावसायिक रुपमा नाफामा पर्ने बताए। साउदी अरबको अर्थतन्त्र दशकौँदेखि तेलमा निर्भर छ। साउदी अरबले आफूलाई विद्युतीय सवारीको हब बनाउन अर्बौं डलर खर्च गरिरहेको छ।

साउदी राजकुमार तेलको भण्डार समाप्त भएपछि कसरी पैसा जुटाउने भनेर चिन्तित छन्। यसमा लिथियमले उनलाई धेरै मद्दत गर्न सक्छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS