IME Life New

साउदीले आप्रवासी कामदारका लागि ल्यायो कडा नियम, कुन–कुन देशमा पर्ला बढी प्रभाव ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साउदी अरेबियाले आफ्नो देशमा अदक्ष कामदार आउन नदिन भिसा नियम कडा बनाउँदैछ। अब साउदीले १६० भन्दा बढी देशमा आफ्नो व्यावसायिक प्रमाणीकरण कार्यक्रम लागू गर्ने घोषणा गरेको छ। यसको मतलब यी देशबाट आउने सबै आप्रवासी कामदारले प्रमाणीकरण कार्यक्रमको परीक्षा पास गर्नुपर्नेछ।

साउदीका श्रम अधिकारीहरुले श्रम बजारलाई नियमन गर्ने र अदक्ष कामदारलाई राज्यमा आउनबाट रोकेर दक्ष कामदार ल्याउने उद्देश्यले यो कदम चालेको बताएका छन्। व्यावसायिक प्रमाणीकरण कार्यक्रम यस वर्षको सुरुमा साउदी अरेबियाको मानव संसाधन मन्त्रालयले परराष्ट्र मन्त्रालयसँगको सहकार्यमा लागू गरेको थियो। हालसम्म ६२ देशमा लागू भइसकेको छ।

Esewa
Crest

यस कार्यक्रमले दुई प्रकारका परीक्षण समावेश गर्दछ (व्यावहारिक र सैद्धान्तिक)। श्रम भिसा प्राप्त गर्न पहिले विदेशी कामदारले यी दुवै परीक्षणहरु पास गर्नुपर्छ। त्यसपछि मात्र विदेशीहरुले साउदी अरबका लागि भिसा पाउनेछन्।

साउदीको मानव संसाधन मन्त्रालयका यस कार्यक्रमका प्रमुख नवाफ अल अयादीले भने, ‘यो कार्यक्रम प्लम्बिङ, बिजुली आदि जस्ता पेसामा काम गर्ने कामदारहरुका लागि हो। यो मुख्य चार देश भारत, बंगलादेश, श्रीलंका र पाकिस्तानमा लन्च गरिएको छ। साउदीका कुल आप्रवासीमा यी चार देशका आप्रवासीको हिस्सा ८० प्रतिशत छ।

यस कार्यक्रमअन्तर्गत कामदारको पढाइ जाँच गरिन्छ। यो कार्यक्रम हाल ६२ देशका लागि सुरु गरिएको छ र यसको लक्ष्य १६० देशलाई समेट्नेछ।

यसअघि पनि साउदीले आफ्नो भिसा नियमलाई कडा बनाउने कदम चालेको थियो। साउदी सरकारले विदेशी घरेलु कामदार भर्नासम्बन्धी आफ्नो भिसा नियम परिवर्तन गरेको छ। नोभेम्बरमा सार्वजनिक गरिएको नयाँ नियमअनुसार साउदी अरेबियाका अविवाहित पुरुष वा महिला नागरिकले २४ वर्ष पुगेपछि मात्रै घरेलु कामका लागि विदेशी कामदार राख्न सक्छन्।

भारतबाट ठूलो संख्यामा घरेलु कामदार साउदी अरब जाने भएकाले यो निर्णयले भारतमा बढी प्रभाव पार्ने विश्वास गरिएको छ । घरेलु कामदारमा नोकर, क्लिनर, ड्राइभर, कुक, गार्ड, किसान, दर्जी, लिभइन नर्स र ट्युटरहरु समावेश छन्। –एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS