IME Life New

साउदीलाई ‘नयाँ युरोप’ बनाउने योजना होला सफल ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । तेल र ग्यासले भरिएको साउदी अरबका राजकुमार मोहम्मद बिन सलमान साउदीसमेत पूरै मिडिल इस्टलाई ‘नयाँ युरोप’ बनाउन चाहन्थे। राजकुमार सलमानले सन् २०१८ मा यो योजनाबारे आफैँले घोषणा गरेका थिए। उनले यसका लागि भिजन २०३० बनाए। उनले भने कि आउँदो ३० वर्ष मिडिल इस्टको हुनेछ।

मिडिल इस्टको नयाँ युरोप बनाउने राजकुमार सलमानको योजना फेल हुन लागेको जस्तो देखिन्छ। उनी विश्वभरका लगानीकर्तालाई आफ्नो देशमा ल्याउन चाहन्थे। तर, गाजा युद्धमा यसमा ठूलो तगारो बनेको छ। उता युरोप पनि युक्रेन युद्धसँग जुझिरहेको छ। यसले खाडी देशमा आर्थिक विकासमा राजकुमार सलमानको सपनामा ठूलो झट्का लागेको छ।

Esewa
Crest

राजकुमार सलमान विश्वभरका लगानीकर्तालाई बोलाउने तयारीमा छन्। ५०० अर्ब डलरभन्दा बढी धनराशि नियोम सहर बसाल्नमा खर्च गर्नुपर्ने देखिन्छ, जुन २ ट्रिलियन डलरसम्म हुन सक्छ। यसका लागि उनी चीनसँग पनि आर्थिक सहयोग मागेका थिए तर पाएनन्।

पैसाको अभावका कारण अब नियोम सहरको आकार घटाउनेबारे साउदीले सोचिरहेको छ। नियोम सहर बनेपछि विश्वभरका पर्यटन आउने र ठूलो आम्दानी हुने साउदी राजकुमारको सपना थियो।

मिडिल इस्टलाई नयाँ युरोप बनाउनका लागि सलमानले कतारदेखि इरानसम्मलाई साथी बनाएका छन्। यतिमात्रै होइन कम्पनीले यमनमा चलिरहेको युद्ध पनि उनी समाप्त गर्न चाहन्छन् । यद्यपि अहिलेसम्म त्यस्तो होलाजस्तो देखिँदैन।

उता साउदीका अधिकारीहरुले इजरायल र हमासबीच युद्धले राजकुमार सलमानको योजनामा कुनै असर नपर्ने दाबी गरेका छन्। विश्वका ठूला उद्योगपति साउदीको यो योजनामा साथ रहेको उनीहरुको भनाइ छ। विश्लेषकहरु भने गाजा युद्ध लम्बिएमा र अन्य मुलुकमा फैलिएमा साउदीको योजनामा असर पर्ने बताउँछन्।

राजकुमार सलमान नयाँ युरोप बनाएर मिडिल इस्टको गुमाएको सान फर्काउन चाहन्छन्। ‘म लाग्छ नयाँ युरोप मिडिल इस्ट हुनेछ’, समालनले भनेका छन्, ‘यसका लागि साउदीमा २०३० सम्म ठूलो बदलाव ल्याउनेछु।’ –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS