IME Life New

साउदीबाट ९ महिनायताकै उच्च तेल निर्यात, उत्पादन भने घट्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वकै ठूलो तेल उत्पादक देश साउदी अरेबियाले ९ महिनायताकै उच्च निर्यात गरेको छ।

ज्वाइन्ट अर्गनाइजेसन डाटा इनिसिएटिभ (जेओडीआई)ले सार्वजनिक गरेको तथ्यांकअनुसार मार्चमा साउदीले ६४ लाख १३ हजार ब्यारल प्रतिदिन कच्चा तेल निर्यात गरेको छ। जुन पछिल्लो ९ महिनायताकै उच्च हो।

Esewa
Crest

गत फेब्रुअरीको तुलना साउदीले प्रतिदिन ९६ हजार ब्यारल कच्चा तेल बढी निर्यात गरेको छ। मार्चको यो तेल निर्यात दोस्रोपटक उच्च पनि हो। गत जनवरीको फेब्रुअरीमा तेल निर्यात प्रतिदिन १२ लाख ब्यारलले बढेको थियो।

त्यसो त साउदी अरबको कच्चा तेलको उत्पादनमा भने सामान्य गिरावट आएको छ। फेब्रुअरीको तुलनामा मार्चमा प्रतिदिन ३८ हजार ब्यारल कच्चा तेल कम उत्पादन भएको तथ्यांकले देखाएको छ। अघिल्लो वर्षको तुलनामा रिफाइनरी पनि ६.३ प्रतिशतले घटेको छ।

विश्वव्यापी रुपमा कच्चा तेलको माग भने प्रतिदिन १३ लाख ब्यारलले बढेको जेओडीआईले जनाएको छ। –एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS