IME Life New

साउदीको मरुभूमिमा तयार भयो निओम मेगासिटी, यसै वर्ष पर्यटकका लागि खुला हुने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साउदी अरबको ५ खर्ब डलरको निओम मेगासिटीको पहिलो भाग सिन्दला यस वर्ष सर्वसाधारणका लागि खुला हुनेछ। मेगासिटीको पहिलो भाग अल्ट्रालक्स आइल्यान्ड रिसोर्टको साथ खुल्नेछ। यहाँ पर्यटकले आइल्यान्ड रिसोर्टको आनन्द लिन र तीनवटा भव्य होटलमध्ये एउटामा बस्न सक्नेछन्।

साउदी अरबका युवराज मोहम्मद बिन सलमानको महत्वाकांक्षी योजनाअन्तर्गत यो परियोजना खाडी देशहरुमा सबैभन्दा महत्वाकांक्षी सहरी विकासमध्ये एक हो। यसको योजनाकारहरुले यसलाई ‘रेड सीको विशेष गेटवे’ भनेका छन्। सन् २०१७ मा ताबुकमा क्राउन प्रिन्स बिन सलमानले सुरु गरेको निओम परियोजनाको एक भागका रुपमा मानिसहरुले भ्रमण गर्ने पहिलो स्थान सिन्दला हुनेछ।

Esewa
Crest

द सनको रिपोर्टका अनुसार यस परियोजनाको नाम अर्थात् निओमको अर्थ नयाँ भविष्य हो। जब पूरा हुन्छ यो परियोजना लन्डनभन्दा लगभग १७ गुणा ठूलो क्षेत्रमा फैलिनेछ।

गत आइतबार चिनियाँ लगानीकर्ताको भ्रमणका क्रममा सिन्डला यसै वर्ष सर्वसाधारणका लागि खुला हुने जानकारी गराइएको थियो। आकर्षक रिसोर्टमा बिच क्लब, एउटा याट क्लब, स्पा, वेलनेस सेन्टर, ५१ लक्जरी रिटेल आउटलेट, ४०० भन्दा बढी कोठा र ३०० सुइट भएका ३ वटा भव्य होटल र ठूलो मरिना समावेश हुनेछन्।

साउदी सरकारको यस परियोजनाको पछाडि मोहम्मद बिन सलमानको उद्देश्य तेलमा देशको अर्थतन्त्रको निर्भरता हटाउनु हो। साथै, यस लक्जरी प्रोजेक्टमा ध्यान केन्द्रित गर्नुको एउटा कारण साउदीले संयुक्त अरब इमिरेट्सको दुबईबाट आफूलाई अलग गर्ने प्रयासलाई मानिन्छ। जसले गर्दा विश्व यसतर्फ आकर्षित हुन्छ।

अरब देशका विज्ञ क्रिस्चियन कोट्स उलरिचसेनले बिजनेस इनसाइडरलाई भने कि साउदीहरुले आफूलाई उच्च स्तरको लक्जरी बजारतर्फ धकेलिरहेका छन्। यसमा सिन्दला र केही अन्य रेड सी परियोजना समावेश छन्। साउदी अरबले सिन्दलाजस्ता आयोजनाको सहयोगमा सन् २०३० सम्ममा १० करोडदेखि १५ करोड पर्यटक भित्र्याउने लक्ष्य राखेको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS