IME Life New

साइजमा निकै सानो छ यो देश तर हरेक तीनमा एकजना करोडपति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिका विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र हो तर प्रतिव्यक्ति जीडीपीको हिसाबले विश्वमा निकै पछाडि छ। यस मामलामा एउटा देश नम्बर १ मा छ। तर, यो देशलाई नक्सामा भने फेला पार्न त्यति सजिलो छैन।

त्यो हो युरोपेली मुलुक मोनाको। भूमध्यसागरमा इटाली र फ्रान्सको बीचमा रहेको यो देश क्षेत्रफलको हिसाबले विश्वको दोस्रो सानो देश हो। यसको क्षेत्रफल १.९५ वर्गकिलोमिटर छ र जनसंख्या लगभग ३० हजारमात्रै छ। तर, यो देशको एक तिहाइ जनसंख्या करोडपति छ। अर्थात् हरेक तीनजनामध्ये एकजनाको नेटवर्थ १० लाख डलर रहेको छ। यस देशको प्रतिव्यक्ति जीडीपी पनि विश्वमा सबैभन्दा बढी छ। त्यहाँ हरेक व्यक्तिको प्रतिव्यक्ति आय करिब २ करोड रुपैयाँ रहेको छ।

Esewa
Crest

मोनाको भ्याटिकन सिटीपछि संसारको दोस्रो सानो देश हो। यो देशको अर्थतन्त्र पर्यटनमा निर्भर छ। साथै, यो यसको बैंकिङ उद्योगका लागि पनि प्रसिद्ध छ। चाखलाग्दो कुरा के छ भने यो देशमा आयकर लाग्दैन। यसबाहेक व्यक्ति तथा कम्पनीमा लाग्ने अन्य कर पनि निकै कम छन्। यही कारण हो कि मोनाको धनी व्यक्तिहरुको मनपर्ने गन्तव्य मानिन्छ।
यो सानो देश वित्तीय र बीमा कम्पनीहरुले भरिएको छ र तिनीहरुले देशको जीडीपीमा महत्वपूर्ण योगदान गर्छन्।

मोनाकोको कुल गार्हस्थ उत्पादनको १० प्रतिशत थोक व्यापार, निर्माणको ९.१ प्रतिशत र घरजग्गा कारोबारको ७.८ प्रतिशत योगदान रहेको छ। मोनाकोमा घरजग्गाको मूल्य उच्च मानिन्छ।

मोनाकोको सबैभन्दा ठूलो विशेषता यसको क्यासिनो संस्कृति हो। मानिसहरु संसारभरबाट यसको आनन्द लिन आउँछन्। प्रसिद्ध मोन्टे–कार्लो क्यासिनो यो देशमा छ। यो सन् १८६५ मा सुरु भएको थियो।

मोनाकोको आधिकारिक भाषा फ्रान्सेली हो। मोनाको विश्वका धेरै प्रसिद्ध व्यक्तित्वहरुको घर पनि हो। यसमा फर्मुला वन रेसर लुइस ह्यामिल्टन, टेनिस स्टार नोभाक जोकोभिक र बेलायती रिटेल टाइकुन सर फिलिप ग्रीन सामेल छन्। यहाँ धेरै हलिउड चलचित्रको छायांकन गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

57%
happy

खुसी

0%
sad

दु :खी

29%
amazed

अचम्मित

14%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS