IME Life New

सांग्रिला डेभलपमेन्ट बैंकमा आबद्धले मेराकि हेल्थको सेवामा विशेष छुट पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र मेराकि हेल्थ सोलुशनबीच बैंकका कर्मचारी, बैंकका ग्राहकमहानुभाव तथा कर्मचारीका परिवारलाई बिभिन्न किसिमका स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा बैंकको तर्फबाट प्रमुख सञ्चालनअधिकृत अपूर्व प्रसाद जोशी र मेराकि हेल्थ सोलुशनको तर्फबाट प्रबन्ध निर्देशक आश्रय रन्जितकारले हस्ताक्षर गरे ।

सम्झौताअनुसार मेराकि हेल्थ सोलुशनले बैंकका कर्मचारी, ग्राहकमहानुभाव तथा कर्मचारीका परिवारहरुलाई विभिन्न किसिमका स्वास्थ्य जाँच, भ्याक्सिन, कोभिड पि.सि.आर, भिडियो कन्सल्टेसन, टेलि कन्सल्टेशन सेवा लगायतका माग अनुसार अन्य स्वास्थ्य सेवाहरु आकर्षक छुटका साथ सहज तरीका बाट प्रदान गर्नेछ । स्वास्थ चेक जाँचमा कर्मचारीहरुलाई १५ प्रतिशत र बैंकका ग्राहकमहानुभावहरुलाई १० प्रतिशत छुटका साथ उपलब्ध गराइने बैंकले बताएको छ ।

Esewa
Crest

बैंकको अनुरोधमा मेराकि हेल्थस लुशनले आफूलाई कसरी स्वस्थ राख्न सकिन्छ भन्ने सम्बन्धमा बैंकका कर्मचारीहरुलाई आधारभुत तालिम प्रदान गर्ने विषय समेत सम्झौतापत्रमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS