IME Life New

सांग्रिला डेभलपमेन्ट बैंकले वार्षिकोत्सवको अवसरमा साताव्यापी कार्यक्रम गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले २०७८ कात्तिक १३ गतेको आफ्नो १७औं वार्षिकोत्सवको अवसर पारेर देशभर साताव्यापी कार्यक्रमहरु सार्वजनिक गरेको छ । देशभर रहेका बैंकका शाखाहरुले २०७८ कात्तिक ७ देखि २०७८ कात्तिक १३ गतेसम्म विभिन्न काकार्यक्रमहरु संचालन गर्ने योजना रहेको जनाएको छ ।

बैंकले कार्तिक ७ गते बैंकको सम्पूर्ण विभागहरुले कुनै नयाँ योजना कार्यान्वयन गरेका छन् । कार्तिक ८ गते विभिन्न शाखा कार्यालयहरु मार्फत निःशुल्क स्वास्थ्य परीक्षण शिविर तथा आँखा जाँच गर्ने,कार्तिक ९ गते बैंकको ९८ वटा शाखा कार्यालय मार्फत वित्तीय साक्षारता कार्यक्रम गर्ने, कार्तिक १० गते केन्द्रीय कार्यालय बालुवाटार सहित विभिन्न शाखा कार्यालय मार्फत रक्तदान शिविर संचालन गर्ने, कार्तिक ११ गते नयाँ शाखा कार्यालय उद्घाटन गर्ने, कार्तिक १२ गते विभिन्न शाखा कार्यालयहरु मार्फत संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रहरु गर्ने र कार्तिक १३ गते सम्मान कार्यक्रम तथा कृत्रिम अंग वितरण गर्ने लगायतका विभिन्न कार्यक्रमहरु संचालन गर्ने बैंकले जनाएको छ ।

Esewa
Crest

उक्त कार्यक्रम बैकको सम्पूर्ण शाखा कार्यालयहरुले कात्तिक ७ गते देखि मिति कात्तिक १३ गतेसम्म क्रमानुसार मनाउँदै लग्नेछन् । उक्त कार्यक्रमहरुले देशव्यापी रुपमा विभिन्न क्षेत्रका जनतालाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा फाइदा पुग्ने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS