IME Life New

सहारा विकास बैंकको ९ लाख २१ हजार कित्ता संस्थापक शेयर लिलामीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सहारा विकास बैंक लिमिटेडले ९ लाख २१ हजार १४८ दशमलव ७० कित्ता संस्थापक शेयर लिलामी प्रक्रियाबाट बिक्री गर्ने भएको छ। बैंकले २०७५ जेठ ६ गतेदेखि असार २४ गतेसम्म चुक्ता पूँजीको २५० प्रतिशत (१८ लाख २४ हजार ८७० कित्त) हकप्रद बिक्री गरेको थियो। त्यसकारण सबै शेयर विक्री नभएपछि ९ लाख २८ हजार २४८ कित्ता संस्थापक र १ लाख १६ हजार ७ कित्ता साधारण शेयर अवितरित भएको थियो।

पहिलो चरणमा २०७५ कार्तिक १८ देखि मंसिर ५ गतेसम्म लिलामी बिक्री गर्दा संस्थापकतर्फ ७ हजार १०० कित्ता र सबै सर्वसाधारण शेयर बिक्री भएको थियो। बाँकी शेयर बैंकले हाल पुनस् लिलाम बढाबढमा बिक्रीमा ल्याएको हो।

Esewa
Crest

आवेदन गर्दा न्यूनतम १ हजार कित्ता देखि लिलामीमा आएको सबै शेयरका लागि माग गर्न सक्ने जनाइएको छ।

इच्छुक लगानीकर्ताले शेयर बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड लाजिम्पाट, तथा क्यापिटलका सम्पूर्ण शाखा नेपाल इन्भेष्टमेन्ट बैंकका नारायणगढ, हेटौँडा, बिर्तामोड, जनकपुर, तुल्सीपुर, सुर्खेत, नेपालगन्ज र धनगढी शाखा कार्यालय र सहारा विकास बैंकका शाखा कार्यालय र ग्रीन डेभलपमेन्ट बैंकको बागलुङबाट समेत लिलामीमा आवेदन दिन सकिनेछ।

लिलाम बिक्री गरिने शेयर खरीदका लागि इच्छुक लगानीकर्ताले यहि साउन ३० गतेदेखि भदौ ८ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन्। १०० रुपैयाँ वा सो भन्दा बढी मूल्यमा बोलपत्र पेश गर्न सकिनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS