IME Life New

सहमतिपछि सगरमाथा इन्स्योरेन्सको चरिकोट शाखा खुल्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आन्दोलनकारी उद्योग बाणिज्य संघ चरिकोट र निर्माण व्यवसायी संघ दोलखा र सगरमाथा इन्स्योरेन्सबीच सहमति भएको छ । सहमतिसँगै दुई तीन दिनदेखि बन्द रहेको कार्यालयको ताला खुलेको छ ।

जिल्ला प्रशासन कार्यालय दोलखामा मंगलबार भएको वार्तामा दुवै पक्षका बीचमा सहमति भएको हो । दुई दिनदेखि जारी वार्तामा सहमति हुन नसकेपछि सहायक प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले हस्तक्षेप गरेका थिए । उनले सार्वजनिक निकाय बन्द गर्न कानुनले नदिने हुँदा बिना शर्त खोल्न आन्दोलनकारीलाई दवाव दिँदै सगरमाथा इन्स्योरेन्सलाई समेत पीडितको मागको सम्बोधन गर्दै कानुन बमोजिम कुनै क्षतिपूर्ति दिन कमी कमजोरी भएको भए एक महिनाभित्र अध्ययन गरी सो दिन निर्देशन दिएपछि सो विषयमा दुवै पक्षका बीचमा सहमति भएको हो ।

Esewa
Crest

सहमतिसँगै सगरमाथा इन्स्योरेन्सको चरिकोटस्थित कार्यालय आजै अपरान्हदेखि खुल्ला भएको छ । स्मरणरहोस्, इन्स्योरेन्स खवरले सार्वजनिक निकाय अन्तर्गत पर्ने सगरमाथा इन्स्योरेन्सको चरिकोट शाखा कार्यालय बन्द रहेको समाचार प्रकाशित गरेको थियो । गृहमन्त्रालयको समेत ध्यानाकर्षणपछि स्थानीय प्रशासनलाई समेत उक्त विवाद चाँडो हल गर्न दवाव सिर्जना भएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS