IME Life New

सर्वसाधारणलाई सेयर (आईपीओ) निष्कासन गर्दै-युनियन लाइफ इन्स्योरेन्स कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

हालै सञ्चालनमा आएको युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारणलाई सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । सोमबार भैरहवामा सम्पन्न कम्पनीको पहिलो साधारणसभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरेको हो।

कम्पनीले ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले २ अर्ब १५ करोड रुपैयाँ चुक्ता पुँजीमा सर्वसाधारण समूहका लागि छुट्याइएको ३० प्रतिशतको दरले हुने जम्मा ६४ लाख ५० हजार कित्ता सेयर निश्कासन गर्ने भएको हो । साधारणसभाबाट आइपिओको प्रस्ताव पारित भए लगत्तै धितोपत्र बोर्ड तथा कम्पनी रजिष्टार कार्यालयबाट स्वीकृत लिने प्रक्रिया सुरु गरिने कम्पनीले जनाएको छ ।

Esewa
Crest

बिमा समितिको पछिल्लो निर्देशन अनुसार आगामी असार मसान्तभित्रै नयाँ कम्पनीहरुले आइपिओ जारी गरी चुक्ता पुँजी २ अर्ब नघाउनुपर्नेछ।युनियनको साधारणसभाले गत आर्थिक वर्षको नाफा–नोक्सान तथा नगद प्रवाहको वित्तीय विवरण पारित गरेको छ । त्यस्तै संस्थापक सेयरधनी समूह क बाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालक समेत चयन गरेको छ ।

कम्पनी रजिष्टारको कार्यालयमा बैशाख २४ गते दर्ता भएको इन्स्योरेन्सले बीमा समितिबाट असार २० गते इजाजत पाएको थियो भने असोज ४ गते कारोबार सञ्चालन अनुमति प्राप्त गरेको हो ।

इन्स्योरेन्सले बीमा समितिबाट ३७ शाखा खोल्ने अनुमति पाइसकेको छ भने थप अनुमति लिएर यही बर्ष शाखा संख्या ४८ पुर्याउने लक्ष लिएको छ।  कम्पनीमा सुलभ अग्रवाल, शेखर गोल्छा, संदिप कुमार अग्रवाल सञ्चालक छन् भने जगदम्बा ग्रुप, न्यौपाने ग्रुप, टिवडेवाल ग्रुप, गाडिया ग्रुप, राजेश हाडवेयरको लगानी छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS