IME Life New

सर्पोट माइक्रोफाइनान्सको चौथो त्रैमास यस्तो देखियो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमासमा १ करोड ३८ लाख १३ हजार रुपैयाँ खुद नाफा गरेको छ ।

कम्पनीले साउन २५ गते सार्वजनिक गरेको वित्तीय विवरण अनुसार अघिल्लो वर्षको भन्दा गत वर्ष सो अवधिमा १५३ प्रतिशत नाफा बढेको हो । अघिल्लो वर्षको त्यस अवधिमा कम्पनीले ५४ लाख ४९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

Esewa
Crest

१० प्रतिशत बोनस शेयर मार्फत पूँजी वृद्धि गरि ६ करोड ६० लाख पुर्‍याएको उक्त कम्पनीले जगेडा कोषमा  २ करोड ३२ लाख २४ हजार जम्मा गरेको छ । जगेडा कोष रकम अघिल्लो वर्षभन्दा १६० दशमलव ८३ प्रतिशत बढी कायम भएको छ ।

अघिल्लो वर्षभन्दा गत वर्ष सञ्चालन मुनाफा १५६ प्रतिशत बढी भएको छ । अघिल्लो वर्ष ८५ लाख ६४ हजार सञ्चालन मुनाफा गरेको यस कम्पनीले गत वर्ष २ करोड १९ लाख २५ हजार मुनाफा गरेको हो ।

विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट अघिल्लो वर्षभन्दा करीब ४५ प्रतिशत बढी अर्थात् ७३ करोड ८१ लाख ९८ हजार कर्जा सापटी लिएको उक्त कम्पनीले ८७ करोड ५७ लाख ८३ हजार कर्जा प्रवाह गरेको छ ।

गत चौथो त्रैमाससम्म कम्पनीले १६ करोड ९८ लाख ३२ हजार निक्षेप संकलन गरेको छ । अघिल्लो वर्षभन्दा गत वर्ष कम्पनीको निष्क्रिय कर्जा बढेको छ । अघिल्लो वर्ष यस अवधिमा १ दशमलव ३६ प्रतिशत रहेको निष्क्रिय कर्जा गत वर्ष ४ दशमलव ७५ प्रतिशत कायम भएको हो ।

चौथो त्रैमाससम्म उक्त कम्पनीको प्रतिशेयर आम्दानी २० रुपैयाँ ९३ पैसा र प्रतिशेयर नेटवर्थ १ सय ३५ रुपैयाँ १९ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS