IME Life New

सरकारले कर उठाएर खर्च गर्न नसक्दा बैंकिङ प्रणालीमा निक्षेप घट्यो  

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बाणिज्य बैंकहरुमा विगत दुई सातादेखि निक्षेप घट्न थालेको छ । सरकारले खर्च गर्न नसक्दा बैंकहरुको निक्षेप संकलन घटेको कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेद्र भण्डारीले जानकारी दिए । कोभिड १९ को संक्रमण बढ्न थाले सँगै सरकारले खर्च गर्न सक्ने सम्भावना पनि घटिरहेको छ । अर्को तर्फ सरकारले चैत मसान्तसम्मा कर बापत ठुलो रकम उठाएकोले पनि बैंकिङ प्रणालीबाट निक्षेप घटेको प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले जानकारी दिए ।

सरकारले आर्थिक वर्षको अन्तिम तीन महिनामा मात्रै बढि खर्च गर्ने ट्रेण्ड बढि छ । सडक निर्माण, भवन निर्माण, लगायतका पूर्वाधारको काम यहि तीन महिनामा सञ्चालन हुने भएकाले व्यवसायीहरुले पनि विगत तीन चार महिनादेखि निर्माणका लागि आवस्यक पर्ने समाग्री उत्पादन गर्नेदेखि लिएर आयात गर्ने भएकाले आर्थिक वर्ष सकिएको ६ महिना पछि कर्जा बढ्ने गरेको पाइन्छ । यदि सरकारले खर्च गर्न सकेन भने व्यवसायीहरुले गरेको लगानी लामो समयका लागि फस्न सक्नेछ । यदि सरकारले कोभिड १९ का कारण खर्च गर्न नसक्ने हो भने बैंकिङ कर्जा थप जोखिममा पर्नुका साथै निक्षेप र कर्जा दुबैमा गिरावट देखिन सक्ने भण्डारीको विश्लेषण छ ।

Esewa
Crest

चैत मसान्तमा बाणिज्य बैंकहरुको निक्षेप संकलन ३९ खर्ब ४४ अर्ब रुपैयाँ थियो । तर पहिलो सातामा यस्तो निक्षेप घटेर ३९ खर्ब २७ अर्ब रुपैयाँमा झर्यो । बैशाख दोस्रो साताको अवधिलाई हेर्ने हो भने बाणिज्य बैंकको निक्षेप २२ अर्ब रुपैयाँले घटिसकेको छ ।

तर यहि अवधिमा कर्जा लगानी भने ९ अर्बले बृद्धि भएको छ । बैशाख १० गतेसम्ममा बाणिज्य बैंकहरुले ३५ खर्ब ८३ अर्ब रुपैयाँको कर्जा लगानी गरेका छन् । बैशाख पहिलो साता कर्जा लगानी घटेको भएता पनि दोस्रो सातामा कर्जा लगानी भने बढेको देखिन्छ ।

निक्षेप संकलन घट्न थाले सँगै कर्जा लगानी पनि घट्ने बैंकहरु बताउछन् । एक वर्ष अगाडि नेपाल सरकारले कोभिड १९ नियन्त्रण तथा रोकथामका क्रममा लकडाउन गर्दा कर्जा प्रवाह रोकिएको थियो तर सोहि अवधिमा निक्षेप संकलन भने बढ्न पुगेको थियो । सोहि अवधिमा संञ्चित निक्षेपले पछिल्लो समय बैंकहरुले सजिलै कर्जा प्रवाह गर्न सकेका थिए ।

स्थानीय निकायले पछिल्लो समय निषेधाज्ञाको अभ्यास गरिरहेका छन् । साथ साथै सरकारले शैक्षिक संस्थाहरु पुर्ण रुपमा बन्द गराइसकेको छ । कोभिड १९ को नियन्त्रण तथा रोकथामका पुनः लकडाउन हुने अवस्था रह्यो भने अर्थतन्त्रमा के कस्तो प्रभाव पार्छ भन्न सक्ने अवस्था छैन । तर लकडाउन तथा निषेधाज्ञाको समय लम्बिदै गयो भने यसको असर भने नराम्रो देखिन सक्छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS