IME Life New

समृद्धि फाइनान्सले ७ लाख ७२ हजार कित्ता शेयर लिलामी मार्फत विक्री गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हकप्रदमा अवितरित संस्थापक शेयर यहि असार १ देखि लिलाम बढाबढ मार्फत बिक्रि गर्ने भएको छ। कम्पनीले हकप्रदमा अवितरित संस्थापक समुहको ७ लाख ७२ हजार ६ सय ६६ कित्ता शेयर लिलाम गर्न लागेको हो।

कम्पनीले यस अगाडी चैत २९ गतेदेखि बैशाख ७ गतेसम्म लिलाम बढाबढ मार्फत बिक्रीका लागि खुला गर्दा अवितरित सेयर अहिले पुन लिलाम मार्फत बिक्रि गर्न लागेको हो।

Esewa
Crest

लिलामीको शेयरमा असार ९ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले यी शेयरको न्युनतम मूल्य १०० रुपैयाँ कायम गरेकोले सो भन्दा बढी मूल्य कबुल गरि आवेदन दिनु पर्ने छ ।

सबै भन्दा बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ । त्यसपछि पनि शेयर बाँकि रहेमा दोस्रो बढी मूल्य कबुल गर्नेले शेयर पाउने छ । यहि प्रक्रिया अनुसार शेयर बाँकि नरहेसम्म शेयर बाँडफाँड हुने छ ।

यस लिलामको लागि बिओके क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । लिलामीको शेयरमा आवेदन दिंदा संस्थापक तर्फ न्युनतम १००० कित्ताको लागि आवेदन दिनु पर्ने छ। अधिकतम भने पुरै शेयरको लागि आवेदन दिन सकिने छ ।

यस शेयरमा बिओके क्यापिटल मार्केट लि।, नारायणचौर, नक्साल, बैंक अफ काठमाण्डूको शाखा कार्यालयहरु मेनरोड बिराटनगर, आदर्शनगर (विरगंज, न्यूरोड पोखरा, ट्राफिक चोक बुटवल, सुर्खेत रोड नेपालगंज, विरेन्द्रचौक विरेन्द्रनगर( सुर्खेत मेनरोड, चौराहा धनगढी, समृद्धि फाइनान्स कम्पनीको केन्द्रिय कार्यालय हेटौडा मकवानपुर, शाखा कार्यालयहरु पुतलीसडक काठमाडौं, नारायणगढ(चितवन, पोखरा कास्की, बुटवल रुपन्देहीबाट दिन सकिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS