IME Life New

समृद्धि फाइनान्सको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । समृद्धि फाइनान्सले लिलामीमा ल्याएको शेयरमा आवेदन दिने आज मङ्सिर १७ गते अन्तिम दिन रहेको छ । कम्पनीले हकप्रदमा अवितरित १८ लाख कित्ता बढी शेयर मङ्सिर १० देखि लिलाम गरेको हो ।

कम्पनीले सर्बसाधारण समुहको ४ लाख ६६ हजार ८९ कित्ता र संस्थापक समुहको १३ लाख ८५ हजार २ सय ६८ कित्ता गरि कुल १८ लाख ५१ हजार ३ सय ५७ कित्ता शेयर लिलाम गरेको हो । शेयर लिलाम प्रक्रियाको लागि बिओके क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

Esewa
Crest

कम्पनीले असोज १६ गतेदेखि कार्तिक ६ गतेसम्म १स्२ को अनुपातमा २ सय प्रतिशतको दरले ३६ लाख ३९ हजार ६ सय ६ कित्ता हकप्रद निष्कासन गरेको थियो । हकप्रद निष्काशन गर्दा बिक्रि नभएको शेयर लिलाम गरिएको हो ।

वल्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सलाई नेपाल राष्ट्र बैंकले समस्याग्रस्त मुक्त घोषणा गरेपछि नयाँ समूहले लिएर फाइनान्सको नाम तथा लोगो परिवर्तन गरी समृद्धि फाइनान्सका नामबाट वित्तीय कारोबार सुरु गरेको हो। हाल कम्पनीको चुक्ता पुँजी १८ करोड १९ लाख रहेकोमा हकप्रदपछि कम्पनीको चुक्ता पुँजी ५४ करोड ५९ लाख पुग्ने छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS