IME Life New

समितिको मधेश प्रदेश कार्यालयमा जीवन बीमक सँग छलफल सम्पन्न, सहजिकरण गर्ने प्रतिवद्धता

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बीमा समितिको मधेश प्रदेश कार्यालयमा जीवन बीमा कम्पनीका शाखा प्रमुखहरुसँग समसामयिक विषयमा छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । प्रादेशिक कार्यालय वीरगञ्जमामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रादेशिक कार्यालय प्रमुख कुसुम शर्मा, सहायक निर्देशक टेकराज पाण्डेय, कर्मचारी हरेराम श्रेष्ठ सहित यस प्रदेशमा रहेका जीवन बीमा कम्पनीका प्रादेशिक प्रमुख तथा शाखा प्रमुखहरुको उपस्थिति थियो ।

Esewa
Crest

कार्यक्रममा सहभागी प्रदेश प्रमुख तथा शाखा प्रमुखले यस प्रदेशमा पनि बीमा समितिले प्रादेशिक कार्यालय खोलेकोमा खुशी व्यक्त गरेका थिए । उनिहरुले जीवन बीमा क्षेत्रमा रहेका समस्याहरु व्यक्त गरेका थिए ।

कार्यक्रममा प्रदेश प्रमुख शर्माले यस क्षेत्रमा समितिको कार्यालको स्थापना गर्नुको प्रमुख उद्देश्य बीमा बीमा व्यवसायलाई व्यवस्थित, विकसित, नियमित र नियन्त्रित गर्नु रहेको बताइन् । प्रमुख शर्माले यस क्षेत्रमा सञ्चालित सम्पुर्ण बीमा कम्पनीलाई बीमा समितिबाट समय समयमा जारी ऐन, नियम, निर्देशन र परिपत्रहरुको सिमा भित्र रहेर आफ्नो बीमा व्यवसायलाई स्वस्थ प्रतिस्पर्धाका साथ सञ्चालन गर्न समेत सुझाव दिएकी छिन् ।

कार्यक्रममा समितिका सहायक निर्देशक पाण्डेयले सरकारले बजेट मार्फत घोषणा गरेको एक घर एक बीमा नीति अनुसार बीमाको विस्तार तथा बीमाको पहुँच बढाउनका लागि बीमा कम्पनीहरुले स्थानीय सरकार सँग समन्वय गरी अगाडी बढ्न सुझाव दिएका छन् । यसका लागि बीमा समिति सधै साथ र सहयोगका लागि तयार रहेको उनले प्रतिवद्धता समेत व्यक्त गरेका थिए । समितिले यस क्षेत्रमा पनि निप्स गठन गर्न सुझाव दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS