IME Life New

समावेशी बीमा सम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुँदैछन् ५० देशका ४०० प्रतिनिधि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अगुवाईमा नेपालमा पहिलो पटक समावेशी बीमा सम्बन्धित अन्तर्राष्ट्रिय सम्मेलन इन्टरनेशनल कन्फ्रेन्स अन इन्क्लुशिभ इन्स्योेरेन्स आयोजना हुन लागेको छ।

आगामी अक्टुबर २१ देखि २५ सम्म आयोजना हुने सम्मेलनमा विश्वभरका ५० भन्दा बढी देशका बीमा, पुनर्बीमा, बीमा दलाल, वितरण माध्यमहरू, प्रविधि आपूर्तीकर्ता, लगानी कोष, अन्तर्राष्ट्रिय संघ संस्था, गैर सरकारी तथा विकास नियोगका साथै शिक्षण संस्था, नीति निर्माता, बीमा नियामकसमेत ४ सय भन्दा बढी बीमा विज्ञ र वित्तीय समावेशिता आन्दोलनका अगुवाहरू सहभागी हुनेछन् ।

Esewa
Crest

सम्मेलनमा २० वटा फरक फरक शत्रमा ८० जना वक्ताहरू हुनेछन् । उनीहरूले वर्तमान वृद्धि दर, उदयीमान बजारको जोखिमबारे आफ्नो धारणा साटासाट गर्नेछन् । साथै व्यवसायीक अवसर छोप्दै माग तथा आपूर्तीलाई अर्को ऐतिहासिक उचाइँमा पुर्याउनका लागि आवश्यक मुख्य तत्वहरूको पहिचान गर्ने प्रयास गर्नेछन् ।

सम्मेलनमा सहभागी विज्ञहरूले उदीयमान अर्थ व्यवस्थामा समावेशी बीमाभित्र घरपरिवारहरूमा वृद्धि र वित्तीय संभाव्यताका मार्गबारे छलफलका माध्यमबाट पहिचान गर्नेछन् ।

सम्मेलन प्रयोजनका लागि प्राधिकरणले बीमा विज्ञहरूसँग समावेशी बीमाका लागि व्यापारिक मोडल, समावेशी बीमाका लागि डिजिटल समाधान, नयाँ समावेशी बीमा योजना, स्वास्थ्य सेवाको क्षेत्रमा सहकार्य, किरिया खर्च बीमा, मृत्यु दाबी, लघु बीमामा निवृत्ती भरण सुविधा, जलवायू परिवर्तन र महामारीको जोखिमको सामना, नियामकीय वातावरण अनुकुलन, लैंगिक संवेदनशील बीमा, उपभोक्ता साक्षरता, समावेशी बीमाको सफलता र असफलताबाट सिकिएका पाठहरू,समावेशी बीमाका लागि वैज्ञानिक सोधबाट सिक्न सकिने पक्षहरूका विषयमा प्रस्ताव मागेको थियो ।

प्राधिकरणको नेतृत्वमा हुन लागेको यो अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाल बीमक संघ, जीवन बीमक संघ नेपाल, म्युनिख रि फाउण्डेशन र द माइक्रो इन्स्योरेन्स नेटवर्क सह आयोजकका रूपमा जोडिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS