IME Life New

समता लघुवित्तको साधारण सभा पुस १४ गते, बुक क्लोज कहिले ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । समता लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौँ वार्षिक साधारण सभा पुस १४ गते मंगलबार हुने भएको छ । संस्थाको आज मंसिर १९ गते, बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार संस्थाको सातौँ वार्षिक साधारण सभा पुस १४ गते मंगलबार, होटल क्लासिक, सिमरा, बारामा बिहान १०ः३० बजेबाट सुरू हुने जनाएको छ ।

सभामा संस्थाको भाद्र ५ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई २० प्रतिशत बोनस र ६ दशमलव ३२ प्रतिशत नगद गरी कुल २६ दशमलव ३२ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

Esewa
Crest

संस्थाले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयोजनका लागि पुस ५ गतेदेखि पुस १४ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, पुस ४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS