IME Life New

समता घरेलु लघुवित्तको लाभांश प्रस्ताव, बोनस र नगद कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० का लागि लाभांश प्रस्ताव गरेको छ।

संस्थाको आइतबार (मंसिर २४ गते) बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी ३९ करोड ४१ लाख ५५ हजार ८२१ रुपैयाँको कुल ५.७०७६ प्रतिशतले हुन आउने २ करोड २४ लाख ९६ हजार ९१६.८९ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। जसमा ५.४२२२ प्रतिशतले हुन आउने २ करोड १३ लाख ७२ हजार ७१.०५ रुपैयाँबराबरको बोनस शेयर र ०.२८५४ प्रतिशतले हुने ११ लाख २४ हजार ८४५.८४ रुपैयाँबराबरको नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्।

Esewa
Crest

संस्थाको शेयर संरचना संस्थापक ७० प्रतिशत र सर्वसाधारण ३० प्रतिशत कायम गराउने उद्देश्यले नपुग ३ करोड ३२ लाख ८५ हजार ६०० रुपैयाँबराबरको शेयर सर्वसाधारणका लागि थप सार्वजनिक निष्कासन (एफपीओ)सम्बन्धी प्रक्रियामा रहेको हुँदा वार्षिक साधारणसभा सञ्चालन प्रयोजनार्थ बुक क्लोजभन्दा अगावै शेयर समायोजन भए समायोजित शेयरधनीहरुलाई समेत प्रस्तावित लाभांश वितरण गरिने संस्थाले जनाएको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने संस्थाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS