IME Life New

सभिल क्यापिटल मार्केटले ल्यायो धमाका योजना, यस्ता छन् सुविधा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सिभिल क्यापिटल मार्केट लिमिटेडले २०७९ आषाढ मसान्तसम्म नयाँ डिम्याट खाता रजिष्ट्ेशन, पहिलो वर्षको नविकण शुल्कमा लाग्ने १५० रुपैयाँ निःशुल्क गरेको छ भने मेरो शेयर खाता खोल्दा लाग्ने शुल्क ५० रुपैयाँ भने कम्पनीले लिने जनाएको छ । त्यसैगरी PMS/Corporate Advisory सेवामा समेत भारी छुट गरिएको जनाएको छ । क्यापिटलले सम्पुर्ण ग्राहक महानुभावहरुको सेवा सुविधा र आवश्यकतालाई विशेष प्राथमिकतामा राखी अर्को सूचना नगरेसम्मका लागि यस्तो योजना ल्याएको हो ।

PMS/Corporate Advisory सेवामा मिति २०७९ आषाढ मसान्तसम्म नयाँ कारोवार गर्दा हाल तोकिएको दरमा ५० प्रतिशतले छुट हुनेछ । विगत १३ बर्षदेखी सेवारत यस संस्थाले प्राथमिक शेयर निष्काशन, निक्षेप सदस्य, लगानी व्यवस्थापको कार्य, शेयर प्रत्याभुति र संस्थागत परामर्श सेवा लगायत पूँजीजार सम्बन्धि सेवाहरु प्रदान गर्दै आईरहेको छ । शुरुदेखि हालसम्म आइपीओ ३० वटा, आरटिएस ३५ वटा, हकप्रद ३२ वटा, अक्शन शेयर २० वटा विभिन्न क्षेत्रका कम्पनीहरुको कार्य गरिसकेको छ ।

Esewa
Crest

निकट भविष्यमा नै सामुहिक लागानी कोष म्युचुअल फण्ड शुरुवात हुने समेत प्रमुख कार्यकारी अधिकृत झनकराज ढुंगेलले बताए । यस संस्थाले दिईरहेको सेवाहरु जस्तै, निक्षेप सदस्य खाता खोल्ने, शेयर अभौतिकीकरण प्रक्रिया , लगानी व्यवस्थापको कार्यको सुझाव, आइपिओ परामर्श लगायतका सेवाहरु सिभिल बैंकको सातै प्रदेशमा रहेका सबै शाखाहरुबाट सहजरुपमा नै उपलब्ध हुने पनि निज ढुङ्गेलले बताए यो योजना यहि २०७९ साल बैशाख ११ गते आइतवारबाट लागु भइरहेकोेछ ।

संस्थाले सन्ध्याकालिन सेवाको समेत विगत मिति २०७६ मंसिर २४ गतेदेखि संचालन गरिरहेको छ । आगामाी दिनहरुमा ग्राहकहरुको सुविधालाई मध्यनजर राख्दै संस्थाको कार्यशैली दु्रत गतिमा आधुनिकिकरण गर्दै ग्राहकवर्गहरुलाई नविनतम प्रविधियुक्त सेवा, सुविधा र परामर्श प्रदान गर्नका साथै निकट भविष्यमा नै डिपी खाता अनलाइन सेवा मार्फत खोल्न सकिने सुविधा दिन पनि संस्था लागिपरीरहेको क्यापिटलले बताएको छ ।

ग्राहकवर्गहरुको सुविधालाई मध्यनजर गर्दै आगामी मिति २०७९ जेष्ठ १ गते आइतवारबाट सार्वजनिक विदाका दिनहरुमा (शनिबार बाहेक) विहान ११ः०० बजेदेखि दिउंसो २ः०० बजेसम्म संस्थाको सम्पुर्ण सेवाहरु सुचारु हुने समेत प्रमुख कार्यकारी अधिकृतले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS