IME Life New

सबै शेयर बेचेर पेटीएमबाट बाहिरिए वारेन बफेट, भयो ६०० करोडको नोक्सानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्व शेयर बजारका दिग्गज लगानीकर्ता वारेन बफेट फिनटेक कम्पनी पेटीएमबाट बाहिरिएका छन्।

बफेटले पेटीएममा रहेको आफ्नो सम्पूर्ण हिस्सेदारी बेचेर बाहिरिएका हुन्। उनले खुला बजारमार्फत पेटीएममा रहेको सबै शेयर भारु १३७० करोडमा बेचिदिएका छन्।

Esewa
Crest

पेटीएममा लगानी बफेटका लागि निकै महँगो साबित बनेको छ। सम्पूर्ण हिस्सेदारी बेच्दा उनलाई भारु ६०० करोड रुपैयाँ नोक्सानी भएको छ। बफेटको बर्कशायर हाथवेमार्फत पेटीएममा लगानी रहेको थियो।

भारतको नेसनल स्टक एक्सचेन्जका अनुसार बर्कशायर हाथवे इंकले पेटीएमको १.५६ करोडभन्दा बढी कित्ता शेयर बेचेको छ। जसको प्रतिकित्ता औसत मुल्य भारु ८७७.२९ परेको छ।

बर्कशायर हाथवेले पेटीएममा भारु २२०० करोड लगानी गरेको थियो। सन् २०२१ मा पेटीएमको आईपीओ आएको थियो। त्यही बेला बफेटको कम्पनीले आईपीओका माध्यमबाट पेटीएममा लगानी गरेको थियो। –एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

67%
amazed

अचम्मित

33%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS