IME Life New

सबैको लघुवित्तद्धारा दालमोठ, भुजिया, पापड बनाउने तालिम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले दालमोठ, भुजिया, पापड बनाउने तालिम दिएको छ । संस्थाका आफ्ना ३० जना ग्राहक सदस्यहरुको सहभागितामा असोज २५ गते रौतहट जिल्लाको चन्द्रनिगाहपुर नगरपालिका–८, सन्तपुरमा उक्त तालिम दिएको प्रमुख कार्यकारी अधिकृत केशब कुमार पौडेलले जानकारी दिए ।

यस तालिममा प्रशिक्षकमा अनिता कुमारी दनुवार, रोहित कुमार श्रेष्ठ, राधे कृष्ण दत्त रहेका थिए । दालमोठ, भुजिया, पापड बनाउने विधिका बारेमा, संस्थाका सेवाहरुको बारेमा साथै वित्तीय साक्षरता सम्बन्धी विषयमा तालिममा सहभागीहरुले जानकारी हासिल गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत पौडेलले बताए ।

Esewa
Crest

तनहुँमा केन्द्रिय कार्यालय रहेको यस संस्थाले २०७४ सालदेखि निरन्तर लघुवित्त सेवा प्रदान गर्दै आएको छ । यस संस्थाबाट कर्जा लिई ब्यवसाय गरी धेरै घरपरिवार आर्थिक समुन्नततिर अगाडि बढेको बारेमा पनि जानकारी दिए ।

यस सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले ७ प्रदेश, ४३ जिल्लाहरुमा ९० शाखा कार्यालयहरु, ६ मुकाम कार्यालय, सम्पर्क कार्यालय र केन्द्रीय कार्यालय गरी ९८ कार्यालयहरुको सञ्जालहरु मार्फत संस्थाले लघुवित्त सेवा प्रदान गर्दै आई रहेकोछ ।

संस्थाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने गरीब, विपन्न परिवारका महिलाहरुलाई समूहमा आवद्ध गराई विना धितोमा कर्जा लगानी गर्नुका साथै सीपमूलक तालिम, वित्तीय साक्षरता तालिम कार्यक्रमहरु सञ्चालन गर्दै ग्राहक सदस्यहरुको आर्थिक, सामाजिक, बौंद्धिक विकास गर्दै आएको छ ।

संस्थाले हालसम्ममा ७५ हजार ९ सय ८६ घरपरिवारहरुमा सेवा विस्तार गरेको जानकारी दिएको छ । संस्थाले २०८० हालसम्ममा लगानीमा रहेको कर्जा रु। ३ अरब ८३ करोड रहेको छ भने ग्राहक सदस्यहरुको रु। १ अरब १४ करोड बचत परिचालन गरेको जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS