IME Life New

सबैका लागि बीमाको लक्ष्य लिएको भारतमा बीमाको पहुँच झनै खुम्चियो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सन् २०२४ सम्ममा सबै नागरिकका लागि बीमाको लक्ष्य लिएको भारतमा अभियान सुरु भएयता बीमाको पहुँचमा समेटिएका जनसंख्या झनै खुम्चिएको छ। बीमा नियामक भारतीय बीमा नियामक तथा विकास प्राधिकरण (आईआरडीएआई) को गत आर्थिक वर्ष २०२३।२४ को प्रतिवेदनअनुसार बीमा पहुँच ३.७ प्रतिशतमा झरेको छ।

नियामकका अनुसार अघिल्लो वर्ष बीमामा पहुँच ४ प्रतिशत थियो। प्रतिवेदनमा जीवन बीमाको पहुँच ३ प्रतिशतबाट २.८ मा झरेको छ भने निर्जीवन बीमाको पहुँच साबिकको १ प्रतिशतमै स्थिर रहेको छ। कुल गार्हस्थ उत्पादनमा कुल संकलित बीमाशुल्क रकमको अनुपातका आधारमा बीमामा पहुँचको गणना गरिन्छ।

Esewa
Crest

प्रतिवेदनमा जीवन बीमकले २०२३–२४ मा कुल ५ खर्ब ७७ अर्ब भारतीय रुपैयाँ संकलन गरेको उल्लेख छ। यो भारतीय बीमा बजारमा संकलित कुल बीमाशुल्कको ७०.२२ प्रतिशत हिस्सा हो। समर्पण मूल्य र भुक्तानीका कारण भुक्तानी गरिएको लाभबापतको रकम १५.२९ प्रतिशतले बढेर २ खर्ब २९ रुपैयाँ पुगेको छ। यसमा सरकारी स्वामित्वको बीमकको ५८.३६ प्रतिशत रहेको छ। यस अवधिमा निर्जीवन बीमकले २ खर्ब ९० अर्ब रुपैयाँ प्रत्यक्ष बीमाशुल्क कमाएका छन्। जुन अघिल्लो वर्षभन्दा १२.७६ प्रतिशतले बढी हो।

आईआरडीआईको वार्षिक प्रतिवेदन २०२३।२४ अनुसार गैरजीवन बीमा उद्योगको खर्च गरिएको दाबी अनुपात (खुद व्यय दाबी र खुद आर्जित बीमाशुल्क) २०२३।२४ मा ८२.५२ प्रतिशत थियो। जुन अघिल्लो आर्थिक वर्ष ८२.९५ प्रतिशत थियो।

मार्च ३१, २०२४ सम्म भारतमा २६ जीवन बीमाकर्ता, २५ सामान्य बीमाकर्ता, आठ स्ट्यान्डअलोन स्वास्थ्य बीमाकर्ता, १२ पुनर्बीमाकर्ता र दुई विशेष बीमाकर्ता दर्ता भएका थिए।

यो प्रतिवेदनले भारतीय बीमा उद्योगको समग्र सुधार र चुनौतीहरु उजागर गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS