IME Life New

सबैका लागि बीमाः सस्तो पोलिसी ल्याउन आवश्यक रणनीति बनाउन आईआरडीएआईको निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । भारतीय बीमा नियामक आईआरडीएआईले बीमा कम्पनीलाई किफायती बीमा पोलिसी ल्याउन आवश्यक रणनीति अपनाउन निर्देशन दिएको छ। बीमा नियामकले सन् २०४७ सम्म ‘सबैका लागि बीमा’को लक्ष्य पूरा गर्न यस्तो रणनीति अपनाउन निर्देशन दिएको हो।

जीवन बीमामा उच्च प्रिमियमलाई ध्यानमा राख्दै आईआरडीएआईले यो पहल थालेको हो। उच्च प्रिमियमका कारण भारतमा थुप्रै ज्येष्ठ नागरिक जीवन बीमाको पहुँचबाट टाढा रहेका छन्।

Esewa
Crest

बीमा काउन्सिलले मुम्बईमा ‘सबैका लागि बीमा’ लक्ष्यलाई लक्षित गरी छलफल कार्यक्रम गरेको थियो। यो लक्ष्य पूरा गर्न आवश्यक नीति र संयन्त्र निर्माण गरी मूल्यांकन र अनुगमन गर्नुपर्नेमा सहभागीहरुले जोड दिएका थिए।

बैठकमा बीमा पोलिसी उत्पादनहरुको फराकिलो दायरा परिचय गराउन सेवा प्रदायकहरुको विविधता बढाउँदै प्रतिस्पर्धालाई बढावा दिने र मूल्य घटाउने प्रस्ताव गरिएको थियो। बीमालाई अझ पहुँचयोग्य बनाउन वितरण च्यानलहरु फराकिलो बनाउनुपर्ने अर्को सुझाव दिइएको थियो।

छलफलमा बीमकहरुले कम्पनी सञ्चालन सुव्यवस्थित गर्न, प्रशासनिक लागत घटाउन र कर्मचारीको दक्षता अभिवृद्धि गर्न इन्स्योरटेकको लाभ उठाउनुपर्ने प्रस्ताव गरेका थिए। उनीहरुले यी कुराबाट हुने बचतलाई कम प्रिमियमका रुपमा उपभोक्तालाई हस्तान्तरण गर्न सकिने सुझाव दिएका थिए।

सहभागीहरुले बीमालाई अझ सस्तो बनाउन राज्यको बीमा योजनालाई सुदृढ गर्न आवश्यक रहेकोमा जोड दिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS