IME Life New

सप्तकोशी डेभलपमेन्ट बैंकको साधारण सभा असार २१ गते

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंकले बाह्रौं वार्षिक साधारण सभा आह्वान गरेको छ। बैंकले असार २१ गते आफ्नो बाह्रौं वार्षिक साधारण सभा आह्वान गरेको हो । उक्त सभा उद्योग संगठन मोरङ, तिनपैनी, विरानगरमा बिहान साढे १० बजे शुरु हुने जनाएको छ ।

साधारण सभा प्रयोजनको लागि बैंकले गत चैत १७ गतेदेखि बुकक्लोज गरेको थियो। यसअनुसार चैत १६ गतेसम्म कायम शेयरधनीले बैंकको बोनस शेयर पाउने छन्।

Esewa
Crest

सभामा बैंकले चुक्ता पूँजीको ६ प्रतिशतले हुन आउने ४ करोड ७२ लाख रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव लैजाने भएको छ। हाल बैंकको चुक्ता पूँजी ७८ करोड ७१ लाख रुपैयाँ रहेको छ।

साधारण सभामा संस्थापक समुहबाट प्रतिनिधित्व गर्ने गरी ३ जना सञ्चालक र सर्वसाधारणको तर्फबाट प्रतिनिधित्व गर्ने गरी ३ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS