IME Life New

सन सेक्युरिटिजले युनिग्लोब सेकेन्डरी स्कुलका विद्यार्थीलाई निःशुल्क शेयर बजार तालिम दिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काडमाडौं । सन सेक्युरिटिज प्रालि (स्टक ब्रोकर नं. ६४) र प्लस टुका क्षेत्रमा चिरपरिचित युनिग्लोब सेकेन्डरी स्कुल कमलादीबीच वित्तीय साक्षरता कार्यक्रम सञ्चालनका लागि एक सम्झौता भएको छ।

सम्झौता आज एक कार्यक्रमबीच भएको हो। सन नलेज पार्टनरसिप कार्यक्रमअन्तर्गत भएको यस सम्झौतामा सन सेक्युरिटिजले युनिग्लोब कलेजअन्तर्गत प्लस टुमा अध्ययनरत विद्यार्थीलाई वर्षैभरि शेयर बजार र यसका विभिन्न पक्षसँग सम्बन्धित निःशुल्क तालिम, वर्कसप तथा सेमिनार कार्यक्रम आयोजना गर्नेछ। यसका साथै प्राथमिक बजारमा गरिने लगानीका विभिन्न पक्षहरुका साथै धितोपत्रको दोस्रो बजारअन्तर्गत गरिने कारोबार तथा लगानीसँग सम्बन्धित आधारभूत तथा प्राविधिक विश्लेषणका तालिमहरु प्रदान गर्नेछ।

Esewa
Crest

यस सम्झौताअन्तरगत युनिग्लोब कलेजका विद्यार्थी तथा तिनका परिवार र शिक्षक एवं कर्मचारीलाई सन सेक्युरिटिजले तालिमका साथै बजारसँग अझै नजिक बनाउन उनीहरुलाई आवश्यक हुने डिम्याट खाता, मेरो शेयर निःशुल्क प्रदान गर्नुका साथै ब्रोकर कारोबार खाता खोल्ने सुविधा प्रदान गर्नेछ। साथै, कलेजसँगको समन्वयमा प्लस टुमा अध्ययनरत विद्यार्थीलाई एकेडेमिक हिसाबले उपर्युक्त हुने गरी गेस्ट लेक्चरहरुसमेत प्रदान गर्नेछ।

सम्झौतापत्रमा कलेजका तर्फबाट प्रिन्सिपल डा. गणेश रेग्मीले र सन सेक्युरिटिजका तर्फबाट कार्यकारी अध्यक्ष कृष्ण गिरीले हस्ताक्षर गरेका छन्। कार्यक्रममा कार्यकारी अध्यक्ष गिरीले सन नलेज पार्टनरसिप कार्यक्रमले विद्यालय तहबाटै विद्यार्थीलाई नेपालको शेयर बजारका बारेमा सैद्धान्तिक ज्ञानका साथै प्रयोगात्मक ज्ञान दिने कोसिस गरेको र यस्तो किसिमको कार्यक्रमले भविष्यमा पूँजीबजारका लागि आवश्यक दक्ष जनशक्ति उत्पादनमा सहयोग पुर्याउनुका साथै दक्ष तथा ज्ञान भएका लगानीकर्ताहरु वृद्धि हुने तथा यसले समग्र पुँजीबजारलाई नै प्रत्यक्ष तथा अप्रत्यक्ष ढंगबाट सहयोग पुग्ने अपेक्षा गरेको बताए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS