IME Life New

सन नेपाल लाइफ इन्स्योरेन्सको पाँचौ वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

जाजरकोट । सन नेपाल लाइफ इन्स्योरेन्स कर्णाली प्रदेशले पाँचौ बार्षिक उत्सवको अवसरमा शाखा कार्यालय सुर्खेत र वीरेन्द्रनगर नगरपालिका–११ को सहकार्य र प्रदेश अस्पताल, कर्णाली प्रदेश सुर्खेतको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा सन नेपाल लाइफ इन्स्योरेन्स कर्णाली प्रदेशका प्रमुख गोबिन्द ढकालको अध्यक्षतामा विमा समिति कर्णाली प्रदेशका प्रदेश प्रमुख पदम प्रसाद सोडारी तथा वीरेन्द्रनगर नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष खिमलाल देवकोटाको बिशेष आतिथ्यतामा सम्पन्न भएको थियो । उक्त कार्यक्रममा जनप्रतिनिधि, समाजसेवी, बीमा अभिकर्ता लगायतको सहभागिता रहेको कार्यक्रम संयोजक गगन रानाले जानकारी दिए ।

Esewa
Crest

साथै उक्त कार्यक्रममा वैदेशिक रोजगारमा जाने क्रममा मृत्यु भएका दुई जनालाई चेक हस्तान्तरण पनि गरिएको कार्यक्रम संयोजक रानाले बताए । बैदेशिक रोजगारीमा जाने वीरेन्द्रनगर नगरपालिका १२ निवासी स्व.सुकमाया राना र बराताल गाउँपालिका वडा नं. १० कि स्व इश्वर पुन मगरले ज्यान गुमाएका थिए ।

स्व. सुकमाया रानाको मृत्यु दाबि वापतको रकम बाह्र लाख र स्व. इश्वर पुन मगरको मृत्यु दाबि वापत चौध लाख रुपैयाँ सन नेपाल कम्पनीको तर्फबाट चेक हस्तान्तरण गरिएको सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड कर्णाली प्रदेश सुर्खेतका प्रमुख गोबिन्द ढकालले जानकारी दिए । स्वर्गिय दुबैजनाले बैदेशिक रोजगारीमा जानु पूर्व सन नेपाल लाइफ इन्स्योरेन्समा म्यादी जिवन बीमा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS