IME Life New

सन नेपाल लाइफद्धारा मृत्यु दावी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स गुल्मीले मृत्यु दावी भुक्तानी गरेको छ । कम्पनीले गुल्मी जिल्ला रेसुङ्गा नगरपालिका वार्ड नं. १४ निवासी रुद्रमणी गौतमको परिवारलाई पन्चानब्बे हजार रुपैयाँ मृत्यु दावी भुक्तानी गरेको हो ।

सन नेपाल लाइफ इन्स्योरेन्सका बीमित नाबालक रुद्रमणी गौतमको प्रस्तावक तथा आमा चन्दा गुरुङ्ग गौतमको ALD Alcoholic Hepatitis Decompensated को कारणबाट मृत्यु भएको हुँदा निज प्रस्तावकको मृत्यु दाबीको मासिक आय सुविधा बापतको रकम ७० हजार र किरिया खर्च वापतको रकम २५ हजार गरी जम्मा ९५ हजार रुपैयाँ निज बीमितको संरक्षक तथा हजुरबुवा भविश्वर गौतमलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालको उपस्थितिमा हस्तान्तरण गरिएको छ ।

Esewa
Crest

यस पश्चात मासिक रुपमा बीमाङ्कको २ प्रतिशतका दरले हुन आउने रकम विमितको उमेर १६ वर्ष हुन्जेलसम्म कम्पनीले भुक्तानी गर्नेछ भने विमितले वार्षिक रुपमा बुझाउनु पर्ने बीमाशुल्क बापतको रकम पनि कम्पनीले छुट दिनेछ ।

निजले सन नेपाल लाइफ गुल्मी शाखामा चार वर्ष अघि एक लाख बीमांकको बाल सावधिक जीवन बीमा पोलिसी गरेका थिए, कृषि कर्म गर्दै आइरहेकी गौतमको उपचारको क्रममा मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS