IME Life New

सन् २०४७ सम्ममा सबैका लागि बीमा घोषणा गरेको भारतमा थप १९ वटा कम्पनी पाइपलाइनमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सन् २०४७ सम्ममा सबैका लागि बीमा अभियान घोषणा गरेको भारतीय बीमा नियामक तथा विकास प्राधिकरणसँग  निर्जीवन बीमा व्यवसायका लागि १९ वटा कम्पनीले आवेदन दिएका छन् ।

नारायण हेल्थ इन्स्योरेन्स, पेटीएम जनरल इन्स्योरेन्स (जीआई), र प्रुडेन्सियल हेल्थ इन्स्योरेन्सलगायतका १९ वटा कम्पनीबाट आवेदन प्राप्त भएको नियामकलाई उद्घृत गर्दै बिजनेश स्टाण्डर्डले उल्लेख गरेको छ। यीमध्ये नारायण हेल्थ इन्स्योरेन्स प्राइभेट लिमिटेडले आवेदनको दोस्रो चरणमा पुगेको छ । तीमध्ये १२ वटा पहिलो चरणमै छन्। बाँकी ६ वटा ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) प्रकृया चरणमा छन्।

Esewa
Crest

बीमा नियामकले नो अब्जेक्शन सर्टिफिकेट जारी गरेपछि मात्र कुनै पनि कम्पनीले कम्पनी रजिष्ट्रारको कार्यालयमा आफ्नो नाममा “बीमा” जोडेर प्रस्तावित कम्पनी दर्ता गर्नका लागि स्वीकृति पाउँछ।

नियामकका अनुसार भारतीय बीमा कम्पनीको रूपमा दर्ताको प्रमाण पत्रका लागि आवेदकले तीनवटा चरणहरू पार गर्नुपर्ने हुन्छ पहिलो चरणमा आवेदन नोडल विभागद्वारा जाँच गरिन्छ। दोस्रो चरणमा, कम्पनीको शेयर होल्डिङ ढाँचा, बिक्री गरिएका उत्पादन, व्यवस्थापनको व्यावसायीक अनुभव, अन्य विषयमा जाँच गरिन्छ। यी चरणहरूमा, नियामकले निवेदकबाट प्राप्त कागजातहरूको लागि प्रश्नहरू सोध्न/स्पष्टीकरण खोज्न सक्छ र उनीहरूलाई केही थप कागज प्रमाण र प्रकृयाहरु पुरा गर्न निर्देन समेत दिन सक्छ। तेश्रो चरणमा दर्ताको प्रमाणपत्र उपलब्ध गराउँछ।

अप्रिल २०२३ मा, नियामकले क्षमा इन्स्योरेन्सको दर्ता गरेको थियो । योसँगै भारतीय निर्जीवन बीमा कम्पनीको स‌ंख्या २५ पुगेको थियो । भारतमा हाल कूल गार्हस्थ उत्पादनमा निर्जीवन बीमाको योगदान १ प्रतिशतमा मात्र सीमित छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS