IME Life New

सन् २०२४ मा कस्तो हुनेछ विश्व ? १०० वर्षपहिले गरिएको थियो यस्तो भविष्यवाणी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वमा सधैं आउने समयबारेमा भविष्यवाणी गरिएको हुन्छ। यीमध्ये केही सत्य साबित हुन्छन् त केही असत्य। यस्तै भविष्यवाणी १०० वर्षअघि सन् १९२४ मा गरिएको थियो। त्यतिबेला सन् २०२४ मा विश्वमा जनजीवन कस्तो हुनेछ भन्ने भविष्यवाणी गरिएको थियो।

यो भविष्यवाणी एउटा पत्रिकामा गरिएको थियो। यसका केही तस्बिरहरु अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेका छन्। क्यानडाको क्यालगरी युनिभर्सिटीका अनुसन्धानकर्ता पाउल फेरेले पत्रिकाका क्लिपिङहरु सोसल मिडिया प्लेटफर्म एक्स (ट्विटर)मा शेअर गरेका छन्।

Esewa
Crest

मिरर यूकेको रिपोर्टअनुसार सन् २०२४ मा घोडाको संख्यामा उल्लेख्य कमी आउने बताइएको छ। यसको सट्टा रेलहरु चल्नेछन्। सवारीसाधनको संख्या धेरै गुणा बढ्नेछ।

एउटा क्लिपिङमा रोडियोका बारेमा लेखिएको थियो कि सन् १९२४ मा रेडियोका कारण अमेरिकी जनता हास्ने थिए। आजकल यो रोडियोमा पोडकास्टसँग जोडेर देखाइँदैछ। जुन झन् लोकप्रिय बन्दै गएको छ। एउटा कुरा यो पनि लेखिएको छ कि मानिस आयु लामो हुनेछ, यो १०० वर्षसम्म हुनेछ र ७५ वर्ष उमेर पुगेका व्यक्तिलाई युवा मानिनेछ।

सन् २०२४ मा १०० तलासम्मको फ्ल्याट बन्ने पनि भविष्यवाणी गरिएको छ। पारिवारिक एल्बमहरु तस्बिरको सट्टा भिडियोहरु बनाइनेछ। यी लगभग सबै कुरा सत्य साबित भएका छन्। तर, एउटा कुरा पूरा भएन। चलचित्रले विश्वमा शान्ति ल्याउनेछ। मानिसहरुले भाइचारा स्थापना गर्नेछन् तर हलिउडले अहिलेसम्म विश्वव्यापी भाषा बनाएको छैन न त संसारबाट द्वन्द्व हटेको छ।

यो पनि भविष्यवाणी गरिएको थियो कि मानिसहरु सजिलै एक ग्रहबाट अर्को ग्रहमा जान सक्षम हुनेछन्। उड्ने लुगा आउनेछ। सामाजिक सञ्जालमा पोस्ट गरिएका त्यस पत्रिकाका तस्बिरहरुमा मानिसहरुले धेरै प्रतिक्रिया दिइरहेका छन्। यी क्यानाडाली अनुसन्धानकर्ताहरुले हरेक दिन यस्तै तस्बिरहरु साझा गर्छन्। तर, यी तस्बिरहरु पुष्टि गर्न सकिँदैन। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS