IME Life New

सनराईज बैंक काण्डमा राष्ट्र बैंकको चासो, आजै ११ बजेसम्म विवाद नमिले हस्तक्षेप

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सञ्चालक समिति र व्यवस्थापनबीच विवाद बढेपछि सनराईज बैंकमा नेपाल राष्ट्र बैंकले चासो देखाएको छ । आज विहान ११ बजेसम्म दुई पक्षका बीचमा विवाद नमिले केन्द्रीय बैंकले हस्तक्षेप गर्ने भएको छ ।

सञ्चालकहरु भित्रको विवादका कारण सनराईज बैंकका सिईओ जनकराज शर्मा पौडेलले राजिनामा दिएको सन्देश राष्ट्र बैंक पुगेपछि विकृति रोक्न राष्ट्र बैंकले हस्तक्षेप गर्ने मुडमा मुभ भएको जनाइएको छ । नेपाल राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमुख देव कुमार ढकालले सनराईज बैंकका सबै सञ्चालक र सिईओलाई आज विहान ११ बजे छलफलका लागि केन्द्रीय कार्यालयमा बोलाइएको बताए ।

Esewa
Crest

राष्ट्र बैंकका अनुसार व्यवस्थापकहरुले बैंकमा मनोमानी गर्न थालेपछि केन्द्रीय बैंकले यस्तो प्रवृत्ति गलत भएको भन्दै एक्सनमा उत्रन लागेको हो । राष्ट्र बैंकका एक अधिकारीले भने, ‘अब यो नयाँ प्रवृति बनेर अघि बढ्ने देखियो, त्यसैले यसलाई नरोके दुर्घटनामा पर्न सक्छ ।’

सनराईज बैंकको विवाद आज विहान ११ बजेसम्म हल भई दुवै पक्ष मिलेर राष्ट्र बैंक नगएमा राष्ट्र बैंकले हस्तक्षेप गर्ने सम्भावना छ । सनराईज बैंकका अध्यक्ष मोतिलाल दुगड हुन् । अध्यक्ष दुगड र अर्का सञ्चालक शैलेन्द्र गुरागाँई समुहका बीचमा विवाद बढेको बताइन्छ । एक वर्षअघि सिईओ नियुक्त गर्दा समेत सनराईज बैंकमा सञ्चालकहरुका बीचमा विवाद बढेको थियो । अध्यक्ष दुगडले निरज श्रेष्ठलाई सिईओमा नियुक्त गरेपछि गुरागाँई समुहले नमानेपछि उक्त निर्णय कार्यान्वयनमा नै नगई पुनः शर्मालाई सिईओमा नियुक्त गरिएको थियो । सञ्चालकहरुले ऋण लगानी लगायतको स्वार्थमा सिईओ पौडेलले काम नगरेपछि हटाउन खोजिएको अनुमान छ ।

सञ्चालकहरुका बीचमै विवाद र व्यवस्थापकसँग पनि विवाद भएपछि सनराईज बैंकले अप्ठेरो अवस्थाको सामाना गर्नु परेको छ । सञ्चालकहरुले व्यक्तिगत स्वार्थको लागि लुछाचुडी गरेपछि सनराईज बैंकमा राष्ट्र बैंकले हस्तक्षेप गर्ने गर्ने तयारी समेत गरेको जनाइएको छ । यसअघि एनसीसी बैंकमा एनबी ग्रुपका सञ्चालकहरुले यस्तै तमाशा देखाएपछि राष्ट्र बैंकले हस्तक्षेप गरेको थियो । राष्ट्र बैंकले हस्तक्षेप गरेमा राष्ट्र बैंकले सञ्चालक समिति निलम्वन गरेर राष्ट्र बैंक आफैले व्यवस्थापन गर्ने सम्मको निर्णय गर्न सक्नेछ ।

असारको दोस्रो सातापछि नेपाली बैंकहरुमा सञ्चालकहरुको दवाव बढ्ने क्रम तीव्र हुै गएको थियो । सञ्चालकसँगको विवादका कारण ज्योति विकास बैंक, ग्लोबल आईएमई बैंकका सिईओले राजिनामा दिइसकेका छन् । ग्लोबल आईएमई बैंकका सिईओ परशुराम कुँवरले भावुक स्टाटस लेख्दै बैंक छोडेपछि नियमनकारी निकायले बैंकहरुमा बढ्दो सञ्चालक–व्यवस्थापकका बीचको विवादमा संवेदनशील देखिएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS