IME Life New

सनराइज बैंक र एफवान सफ्टबीच सहकार्य, बैंकले ल्यायो चाडपर्व विशेष योजना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडों । सनराइज बैंकले एफवान सफ्टसँगको सहकार्यमा नयाँ अफर ल्याएको छ। डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ बैंकले एफवान सफ्टसँगको सहकार्यमा चाडपर्वलाई लक्षित गरी नयाँ अफर ल्याएको जनाएको छ ।

बैंकले आफ्नो १३ औं वार्षिकोत्सवको उपलक्ष्यमा ग्राहकहरुसँग खुशी बाड्न कात्तिक १ गते देखि मंसिर ५ गते सम्मको लागी यो योजना ल्याएको हो ।

Esewa
Crest

यस योजना अन्तर्गत बैंकले आफ्नो मोबाइल बैंकिङ्ग सनराइज स्मार्ट एप्स मार्फत रकम ट्रान्सफर, मोबाइल टपअप, बिल भुक्तानी लगायतका कार्य गर्ने २० जना भाग्यसाली ग्राहकहरुलाई एक एक थान स्मार्ट फोन प्रदान गर्ने जनाएको छ ।

साथै नयाँ ग्राहकहरुलाई प्रोत्साहन गर्न पहिलो पटक मोबाइल टपअपमा १० प्रतिशत रकम वा अधिकतम १०० रुपैयाँ क्यास ब्याक गर्ने व्यवस्था समेत गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS