IME Life New

सनराइज बैंकको साधारणसभा कात्तिक १५ गते , बुक क्लोज कहिले ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सनराइज बैंकले कात्तिक १५ गते बाह्रौ वार्षिक साधारण सभा बोलाएको छ । सभामा बैंकले १५दशमलव ८ प्रतिशत लाभांश दिने प्रस्ताव पेश गर्नेछ ।

Esewa
Crest

बैंकले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र ५ दशमलव ८ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो । कुल ८१ करोड ५२ लाख ५५ हजार ५८५ रुपैयाँ बराबरको बोनस सेयर र ४७ करोड २८ लाख ४८ हजार २३९ रुपैयाँ नगद लाभांश बाँड्नेछ ।

त्यसैगरी सभामा बैंकले अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्नेरगाभिने सम्बन्धी सम्पूर्ण काम सञ्चालक समितिलाई पूर्ण रुपमा सुम्पिने गरी विशेष प्रस्ताव लैजाने भएको छ।
साधारण सभा प्रयोजनका लागि बैंकले कात्तिक १ गते एकदिन बुकक्लोज गर्ने जनाएको छ। यसअनुसार असोज ३० गतेसम्म कायम शेयरधनीले मात्र बैंकको साधारण सभामा सहभागी हुन पाउनेछन् ।

हाल बैंकको पुँजी ८ अर्ब १५ करोड २५ लाख ५५ हजार ८५१ रुपैयाँ रहेको छ । प्रस्तावित बोनस वितरणपछि ८ अर्ब ९६ करोड ७८ लाख ११ हजार ४३६.१ रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS