IME Life New

सनराइज बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सनराइज बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले साधारणसभा प्रयोजनको लागि पुस ७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले आज पुस ६ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

बैंकको बार्षिक साधारणसभा आगामी पुस २४ गते हुने भएको छ । सभा बिहान १० बजे काठमाडौंको बालुवाटारस्थित आम्रपाली ब्याङ्क्वेटमा साधारणसभा सभा आह्वान गरेको हो ।

Esewa
Crest

सभामा बैंकले आर्थिक वर्ष ७६।७७ को मुनाफाबाट ५ दशमलव ८० प्रतिशत बोनस शेयर र २ दशमलव ४८ प्रतिशत नगद लाभांश गरी कुल ८ दशमलव २८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरी राष्ट्र बैंकबाट समेत अनुमति लिई सकेको छ ।

उक्त लाभांश साधारणसभाबाट पारित भएपछि वितरण गरिने कम्पनीले जनाएको छ । कूल चुक्ता पुँजी ८ अर्ब ९६ करोड ७८ लाख रहेको बैंकको साधारणसभामा वित्तीय विवरण पारित गर्ने लगायतका नियमित एजेण्डाहरुसहित प्रबन्धपत्र नियमावली संशोधन गर्दैछ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS