IME Life New

सनराइज बैंकका ग्राहकले भाटभटेनी सुपरमार्केटबाट सामान खरिद गर्दा विशेष छुट पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सनराइज बैंक र भाटभटेनी सुपरमार्केट तथा डिपार्टमेन्टल स्टोरसँग सम्झौता गरेको छ । बैंकले ग्राहकहरुलाई भाटभटेनी सुपरमार्केटमा विशेष छुट दिने उद्देश्यले भाटभटेनी सुपरमार्केटसँग सम्झौता गरेको हो ।

बैंकले आफ्नो १३ औं वार्षिकोत्सवको उपलक्ष्यमा ग्राहकहरुसँग खुशी बाड्न २०७७ असोज २५ देखि कार्तिक ११ गतेसम्मको लागि विशेष योजना ल्याएको बताएको छ ।

Esewa
Crest

बैंकले कार्ड तथा ई–बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाहरु सुरु गर्दै लैजाने योजना अनुसार आगामी चाडपर्वलाई लक्षित गरी भाटभटेनी सुपरमार्केट तथा डिपार्टमेन्टल स्टोरसँग सहकार्य गरी आफ्ना ग्राहकहरुका लागि विशेष योजना ल्याएको हो ।

यस योजना अन्तर्गत ग्राहकहरुले आफ्ना डेबिट कार्ड वा क्रेडिट कार्ड प्रयोग गरी भाटभटेनी सुपरमार्केट तथा डिपार्टमेन्टल स्टोरमा सामान खरिद गरी कार्ड मार्फत भुक्तानी गर्दा कुल कारोबार रकमको ५ प्रतिशत वा प्रति कारोबार अधिकतम ५०० सम्म तत्काल छुट पाउने जनाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS