IME Life New

‘सटडाउन’बाट जोगियो विश्वकै ठूलो अर्थतन्त्र, सरकारी खर्च स्वीकृत गर्न सांसदहरुबीच सहमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकी सांसदहरुबीच सन् २०२४ को बाँकी अवधिका लागि खर्च गर्नुपर्ने रकम बढाउने सहमति भएको छ।

सरकारी काम ठप्प नहोस् भनी सुनिश्चित गर्न अमेरिकी कांग्रेसका सदस्यहरुले १.६ ट्रिलियन डलर खर्च गर्न अनुमति दिने यो सम्झौतामा सहमति जनाएका हुन्। सहमति भएपछि अब संसदको दुवै सदन प्रतिनिधिसभा र सिनेटबाट स्वीकृति लिनुपर्नेछ।

Esewa
Crest

यो कोषलाई अन्तिम रुप दिन र केही संघीय सेवाहरुको निलम्बन रोक्न सांसदहरुसँग दुई हप्ताभन्दा कम समय बाँकी छ। प्रतिनिधिसभाका सभामुख एवं रिपब्लिकन नेता माइक जोन्सनले १.६ ट्रिलियन डलरमध्ये ८८६ अर्ब डलर रक्षा क्षेत्रमा र ७०४ अर्ब डलर गैररक्षा क्षेत्रमा खर्च गरिने बताए। तर, आँकडालाई लिएर केही अन्योल रहेको देखिन्छ।

डेमोक्रेट सांसद हकिम जेफ्रिज र चक शुमरको बयानअनुसार गैररक्षा खर्चका लागि ७७२ अर्ब डलरको सहमत भएको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS