IME Life New

सगरमाथा इन्स्योरेन्सको नाफा सामान्य वृद्धि हुँदा कुल बीमा शुल्क आर्जन भने बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं : सगरमाथा इन्स्योरेन्सले आर्थिक वर्ष (७६/७७ ) को तेश्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ ।

तेश्रो त्रैमाससम्म आईपुग्दा खुद मुनाफामा भने सामान्य वृद्धि आएको छ। चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा कम्पनीलले १७ करोड ४१ लाख खुद मुनाफा गर्न सफल भएको छ। अघिल्लो आर्थिक वर्षको तेश्रो त्रैमासको तुलनामा नाफा १ प्रतिशतले मात्र वृद्धि हो।  अघिल्लो आर्थिक वर्षको तेश्रो त्रैमासमा कम्पनीले १७ करोड १९ लाख खुद मुनाफा गरेको थियो ।

Esewa
Crest

चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्ममा कम्पनीले १ अर्ब ७० करोड  कुल बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको तेश्रो त्रैमासमा कम्पनीले १ अर्ब ५८ करोड कुल बीमा शुल्क आर्जन गरेको थियो । कुल बीमा शुल्क रकम ८ प्रतिशतले वृद्धि भएको छ ।

त्यस्तै खुद बीमा शुल्क आर्जन रकम ११ प्रतिशतले कम हुँदै ७४ करोड ३६ लाख पुगेको छ।

कम्पनीको वार्षिक प्रति शेयर आम्दानी २३ रुपैयाँ २९ पैसा छ भने किताबी मूल्य २०७ रुपैयाँ ६५ पैसा रहेको छ।  त्यस्तै मूल्य आम्दानी अनुपात २५ गुणा छ।

तेश्रो त्रैमास सम्म कम्पनीले ८० करोड ७३ लाख कुल दावी भुक्तानी गरेको छ भने ४२ करोड ९९ लाख खुद दावी भुक्तानी गरेको छ।  भुक्तानी हुन् बाँकी दावी रकम ९६ करोड ११ लाख रहेको छ।

८६ प्रतिशतले पुँजी वृद्धि हुँदा अहिले कम्पनीको चुक्ता पुँजी १ अर्ब पुगेको छ। जगेडा कोष ५१ प्रतिशतले कम हुँदै ३४ करोड ४७ लाख छ भने बीमा कोष २७ प्रतिशतले वृद्धि हुँदै ६२ करोड १३ लाख रुपैया रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS