IME Life New

श्रीलंकाको भ्रमणमा जाने नेपाली पर्यटकका लागि भिसा शुल्क नलाग्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आर्थिक विकासले क्रमशः गति लिन थालेको श्रीलंकाले वैदेशिक मुद्रा भित्र्याउनका लागि पर्यटनलाइ औजारका रूपमा उपयोग गर्ने भएको छ। दक्षिण एशियाली मुलुकमध्ये खर्चालु पर्यटकका लागि गन्तव्य मानिने श्रीलंकाले नेपाल सहित ३६ वटा मुलुकका लागि भिसा शुल्क नलिने घोषणा गरेको छ।

श्रीलंकाका पर्यटन मन्त्री हरिन फर्नाण्डोले बुधबार मन्त्री परिषदको निर्णय सार्वजनिक गर्दै दक्षिण एशियाली छिमेकी नेपाल सहित ३६ वटा मुलुकको पर्यटकका लागि भिसा निःशुल्क गरिएको जानकारी दिए । उनका अनुसार नेपाल, भारत चीन, मलेशिया, थाइल्याण्ड, इण्डोनेशिया लगायतका देशको पर्यटकको भिसा निःशुल्क गर्ने निर्णय भएको छ।

Esewa
Crest

यो निर्णय अक्टुबर १ तारेखदेखि लागू हुनेछ। एक पटक जारी गरिएपछि ६ महिनाका लागि मान्य हुने पर्यटकीय भिसा तीस दिनसम्म श्रीलंकाको बसाइका लागि मान्य हुनेछ।

श्रीलंकाले इ भिसा सेवामा प्राविधिक समस्याको सामना गर्नु परेपछि अगस्ट २ तारेखदेखि इभिसा सेवा बन्द गरेको छ। अहिले विदेशी पर्यटकहरूले श्रीलंकामा आइसकेपछि अनअराइभल भिसा(आगमन भिसा) प्राप्त गरिरहेका छन् ।

सन् २०२४ मा २३ लाख पर्यटक भित्र्याउने लक्ष्य पुरा गर्नका लागि निःशुल्क भिसाको रणनीति ल्याएको हो। श्रीलंकामा सन् २०२४ को जुलाइसम्ममा १३ लाख पर्यटकले भ्रमण गरिसकेका छन् ।

श्रीलंकाले भिसा शुल्क नलिने ३५ मुलुकको नाम घोषणा गर्नु एक साता अघि मात्र अर्को दक्षिण एशियाली मुलुक पाकिस्तानले समेत नेपाल सहित १२६ मुलुकका पर्यटकको लागि भिसा शुल्क नलिने घोषणा गरेको थियो ।

पाकिस्तानले स्वतन्त्रता दिवसको अवसर पारेर घोषणा गरेको प्रावधान अन्तर्गत इभिसाका लागि आवेदन दिने पर्यटकले पर्यटक भिसा मात्र नभएर व्यवसायीक भिसा समेत २४ घण्टाभित्र प्राप्त गर्नेछन् । साथै एक पटक जारी गरिएको भिसा ९० दिनका लागि मान्य हुनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

50%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS