IME Life New

श्रीमतीको हत्यापछि बीमाको पैसाले सेक्स डल किनेका अमेरिकी सैनिकलाई ५० वर्षको जेल सजाय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अमेरिकाका एक सैनिकले श्रीमतीको हत्यापछि बीमा दाबी पाएलगत्तै ‘सेक्स डल’ किनेको खबर प्रकाशमा आएको छ। अमेरिकी सैनिकमा कार्यरत कोल्बी ट्रिकलले १ लाख २० हजार अमेरिकी डलरको बीमा दाबी रकम हात पारेर नग्न महिलाको पूर्ण कदको आकृति भएको पुतली खरिद गरेका हुन् ।

अनुसन्धान अधिकारीहरूका अनुसार कोल्बी ट्रिकलले सन् २०१९ मा श्रीमती क्रिस्टन ट्रिकलको हत्या गरेपछि उनले आत्महत्या गरेको खबर प्रहरीलाइ दिएका थिए । घटनास्थलमा खटिएका प्रहरी अधिकारीले आत्महत्या शंकास्पद रहेको बताए पनि शव परिक्षणमा खटिएका चिकित्सकले ती महिलाले आत्महत्या गरेको शव परिक्षण प्रतिवेदन तयार पारिदिए पछि तत्कालका लागि यो अनुसन्धान बन्द गरिएको थियो ।

Esewa
Crest

श्रीमतीले आत्महत्या गरेको कागजी प्रमाण हात पारेपछि ट्रिकलले बीमा कम्पनीबाट दाबी रकम कुम्ल्याए । दाबीको पैसाले भिडियो गेम खेल्ने, ऋण तिर्ने र संगितको साैख पुरा गर्न वाद्यवादन उपकरणहरू मात्र खरिद गरेनन् श्रीमतीको निधन भएको दुइ दिन नबित्दै सेक्स डल किनेर याैन सुखमा प्रयोग गरे ।

सीबीएले प्रकाशन गरेको रिपोर्टका अनुसार शंकास्पद आत्महत्याको घटनाको अनुसन्धानका क्रमममा केही वर्षपछि यो खुलाशा भएको थियो कि श्रीमतीको आत्महत्याको दुई दिन अघिमात्र ट्रिकलले श्रीमतिको नाममा १ लाख २० हजार अमेरिकी डलर बराबरको जीवन बीमा गराएका थिए । श्रीमतीको मृत्युपछि उनले बीमा कम्पनीबाट १ लाख २० हजार अमेरिकी डलर भुक्तानी लिए र २ दिनपछि नै उनले २ हजार अमेरिकी डलर खरिद गरेर सेक्स डल समेत खरिद गरे ।

अधिवक्ता आरोन कनिङ्घमले सञ्चारमाध्यमलाई जानकारी दिंदै भनेका छन् कि ट्रिकलले करिब आठ महिनामै बीमा भुक्तानीको सबै पैसा झ्वाम पारि सकेका थिए ।

सीबीएस न्यूजसँगको कुराकानीमा जासूस जोशुआ “जेबी” बर्खोल्डरले भने, “जीवन साथीको मृत्युपछि शोकको निश्चित समय हुन्छ, जहाँबाट भावनात्मकरूपमा जोकोही पनि गुज्रनुपर्छ, यो स्वाभाविक पनि हो । तर पत्नीको निधन भएको दुई दिन पछि नै सेक्स डल खरिद गरिनुले उनी शोकमा थिएनन् भन्ने शंका गर्ने पर्याप्त आधार दिएको थियो।

१४ जुलाई २०२१ मा, क्रिस्टन ट्रिकलको मृत्युको लगभग दुई वर्ष (२१ महिना) पछि, कल्बी ट्रिकललाई पहिलो-श्रेणीको हत्या र कानून प्रवर्तन एजेन्सीहरूको अनुसन्धानमा अवरोध गरेको आरोप लगाइएको थियो। गत वर्ष सेप्टेम्बरमा उनको सुनुवाइको क्रममा, अभियोजकहरूले कोल्बीट्रिकलको सेक्स डल खरिदको बारेमा न्यायाधीशहरूलाई जानकारी दिए। त्यसैबेला उनकी आमा, टीना क्रेउत्जरले उनको छोराले याैन सुखको लागि नभइ न्यानोपन र आरामको लागि पुतली किनेको दाबी गरेकी थिइन् । उनले यो पनि भनिन् कि कोल्बी ट्रिकलले दुःस्वप्नसँग लडिरहेको थियो र आफ्नी श्रीमतीको मृत्यु पछि निद्रामा समस्या भएकाले अँगालो हाल्न उनले पुतली किनेका थिए।

सीबीएस समाचार मुद्दाको सुनुवाइपछि अदालतले गत वर्ष नोभेम्बर महिनामा कोल्बी ट्रिकललाई ५० वर्षको लागि सिदा सम्भावनाको साथ आजीवन कारावासको सजाय सुनाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%
happy

खुसी

33%
sad

दु :खी

33%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS