IME Life New

शौर्य सिमेन्ट उद्योगद्वारा क्लिंकर भारततर्फ निर्यात

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । शौर्य सिमेन्ट इन्डस्ट्रिज लिमिटेडले आफ्नो क्लिंकर उत्पादनलाई छिमेकी राष्ट्र भारततर्फ निर्यात सुरुआत गरेको छ।

उद्योग परिसरमा पहिलो निर्यात गर्ने कार्यक्रमअन्तर्गत मंसिर १६ गतेदेखि क्लिंकर औपचारिक कार्यक्रममाझ शौर्य सिमेन्टका प्लान्ट हेड गुरुदयाल सिंह तथा सहायक महाप्रबन्धक विकास खड्काले संयुक्त रुपमा रिबन काटी निर्यातको सुरुआत गरेका हुन्। उदयपुरको चुनढुंगाबाट उत्पादन गरिएको यस क्लिंकर तथा सिमेन्टमा न्यून एमजीओ तथा उच्चस्तरीय चुनढुंगा समिश्रण रहेकाले भारतमा अवस्थित सिमेन्ट उद्योगमा सफल परीक्षणबाट स्वीकृति भई निर्यात गर्न सफल भएको छ।

Esewa
Crest

उद्योगले माघ २०७८ बाट व्यवसायिक उत्पादन सुरुआत गरेको यस उद्योगको क्षमता ३००० मेट्रिक टन क्षमता रहेको छ। व्यावसायिक घराना शंकर गु्रप, गोल्छा गु्रप तथा अम्बे गु्रपको संयुक्त लगानीमा सिराहाको मिचैयास्थित यस उद्योगले ओपीसी (५३ ग्रेड र ४३ ग्रेड) र पीपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS